अफगानिस्तान: यात्रु अपहरित



कावुल,(एजेन्सी)
उत्तरी अफगानिस्तानमा तालिवान लडाकुहरुले सोमवार तीनवटा बसलाई एम्वुसमा पारेर करिव १ सय ५० जना मानिसलाई अपहरण गरेको सरकारी संचार माध्यमले जनाएको छ ।

तालिवानका प्रवक्ताले तिनीहरुले सुरक्षाकर्मिहरु चढेको बसहरुमाथि लक्षित गरिहरकेो र सर्वसाधारणलाई मुक्त गरिने जानकारी दिएका छन् । एक दिन अघि मात्र अफगान राष्ट्रपति असरफ घानीले तालिवान समक्ष शर्त सहितको तीनमहिने युद्धविरामको प्रस्तव राखेका थिए ।

सोमवार तालिवानका नेताले यो प्रस्तर अस्विकार गरेका छन् । प्रवक्ता शेख हाइबाथुल्लाह आखुन्जादाले सरकार विरुद्धको युद्ध जारी रहने बताएके रोयटसले जनाएको छ र्।

प्रतिक्रिया दिनुहोस्