रियल मेड्रिडको विजयी सुरुवात



लन्डन, (एजेन्सी)
यस सिजनको स्पेनिस ला लिगामा रियल मड्रिडले गेटाफेलाई २–० ले हराउँदै विजयी शुरुवात गरेको छ ।

आइतबार राति घरेलु मैदान बेर्नबाउमा भएको खेलमा रियललाई जिताउन गेरेथ बेल र डेनी कार्भाहलले गोल गरेका थिए । कार्भाहलले २० औं मिनेटमा हेडमार्फत् गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तैे ५१ औं मिनेटमा वेल्सका स्टार बेलले गोल गरेपछि रियलको अग्रता दोब्बर बनेको थियो । जितसँगै रियलले तीन अंक जोडेको छ ।

ला लिगा अन्तर्गत आइतबारै भएको अन्य खेलमा सेभीयाले रायो भालेकानोलाई ४–१ ले हराउँदा हुएस्काले पनि आईबरलाई २–१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्