एकैदिनमा ३ जनाले आत्महत्याको प्रयास, एकको मृत्यू, दुई घाईते



काठमाडौँ ।
रुपन्देही जिल्लाका विभिन्न स्थानमा तीनजनाले आत्महत्याको प्रयास गरेका छन् । जसमा एक जनाको मृत्यु भएको छ भने दुई जनाको घाइते अवस्थामा उपचार भइरहेको छ । रुपन्देही जिल्ला कञ्चन गाउँपालिका १ दानापुरका ४२ वर्षका दलबहादुर सुनार आफ्नै घरको कोठामा झुण्डिएर आत्महत्या गरेको र उनको मृत्यु भैइसकेको प्रहरीले जनाएको छ ।
यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका ५ कि १७ वर्षकी माया हरिजनले मट्टितेल खाएर आत्महत्याको प्रयास गरेकी थिर्इन् । बेलैमा परिवारले थाहा पाएर उपचारको लागि भीम अस्पताल भैरहवामा भर्ना गरेका छन् र अर्कीे तिलोत्तमा नगरपालिका २ जानकीनगर बस्ने ३२ वर्षकी कोपिला घिमिरेले नाम नखुलेको बिषादी सेवन गरि आत्महत्या प्रयास गरेकी हुन् । उनको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्