प्युठानको खेलकुद न लगानी, न पुर्वाधार



सलिम अन्सारी, प्युठान ।
कमजोर भौतिक पुर्वाधार र लगानीको अभावले प्युठानको खेलक्षेत्रले फडको मार्न सकेको छैन। जिल्लामा कुनै ठुला खालका प्रतियोगिता नहुनु,नियमित प्रशीक्षण नहुनुले नया खेलाडी उत्पादन हुने र खेल्ने अबसरबाट समेत बन्चित हुन परेको छ। प्रयाप्त सामाग्री र प्रशीक्षक नहुंदा खेलकुदले गति लिन नसकेको हो। जिल्लाको खेलकुद क्रिकेट र भलिबलमै सिमित छ। सानो चौंर नेट र बल भए सजिलै खेल्न सकिने भलिबल प्युठानमा धेरै पहिलादेखि खेलिदै आएको छ। यसको लोकप्रियता दूरदराजका गाउँसम्म छ।
चाहे विद्यालयको वार्षीक उत्सव होस वा अन्य कुनै क्लबस्तरीय प्रतियोगिता सबैले रुचाएको खेल यही नै हो। पछिल्लो केही वर्षयता क्रिकेटमा लहर बढे पनि भलिबलको लोकप्रियतामा कमि आएको छैन्। खास गरि जिल्लामा खेल गतिविधिका नाममा भलिबल र क्रिकेट मात्रै हुने गरेका छन्।स्रोतसाधनको अभावमा भलिबलले पनि फड्को मार्न सकेको छैन्। बिद्यालय र क्लबहरुले आयोजना गर्ने प्रतियोगिताले जिल्लाको भलिबल धानेको छ। फुटबल, कराँते, कपर्डी, टेबल टेनिस, ब्याटमिन्टन एथ्लेटिक्स लगायतका खेल नहुँदा यी खेलका खेलाडी शून्य प्रायः छन्।
खेलकुद विकास समितिले पटकपटक माग गरे पनि हालसम्म पूरा नहुँदा जिल्लाको खेल गतिविधि सुस्ताउँदै गएको छ।
जिल्ला खेलकुद विकास समितिसँग प्रर्याप्त बजेट र गाउँसम्म लुकेका प्रतिभा खोज्न सक्ने स्थिति छैन्।
लगानी अभावमा जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था नरहेको जिल्ला खेलकुद विकास समितीका अध्यक्ष श्याम थापाले बताए।जिल्लामा विभिन्न खेलका खेलाडी रहेपनी प्रशिक्षकको अभाबमा उनिहरुको प्रतिभा तिखार्न नसकिएको उनी गुनासो गर्छन।जिल्लामा खेल अनुसारका प्रशीक्षक नभएको स्वीकार्दै यस्को लागि राखेपमा माग गरेपनि सुनुवाई नभएको जानकारी दिए।
खेलको विकास र त्यससँग सम्बन्धित पूर्वाधार निमार्णको लागि केन्द्रबाटै कम बजेट आउँछ थापाले भने अन्य गतिविधि सञ्चालन गर्न गाह्रो छ। यसका लागि सरकारले नै पहल चाल्नुपर्ने थापा बताउँछन्।जिल्लाका विभिन्न ठाँउमा गएर प्रतियोगिता सञ्चालन गर्न स्रोतसाधनको अभाव भएको थापाले बताए।
जिल्लामा खेलकुद प्रशिक्षकको पनि अभाव छ। जिल्लामा खेलकुदका प्रशिक्षक नहुँदा ब्याबसायिक खेलाडी उत्पादन हुन सकेका छैन्न।
केही समय अघि दुई जना कराँते र भलिबलका प्रशिक्षक करारमा आए पनि करार अवधि सकिएपछि प्रशिक्षक विहीन बनेको छ। खेल्ने चाहना भए पनि आर्थिक अवस्थाले सदरमुकाममा आएर खेल्न सक्ने अवस्था धेरैको छैन।
खेलकुद समितिले जिल्लाका विभिन्न ठाउँमा गएर प्रतियोगिता सञ्चालन गरी प्रतिभावान खेलाडी छनोट गर्न सके मात्रै लुकेका प्रतिभा बाहिर आउन सक्ने भलिबल खेलाडि बल बहादुर केसीले बताए । पुराना खेलाडीको सिप नयाँमा स्तान्तरण गर्न समेत कठिनाइ भएको उनले सुनाए। खेलाडीसँग भएको कला नयाँले सिक्ने अवसर पाएका छैनन्,’ ३ पटक सम्म राष्ट्रीय खेलकुद प्रतियोगितामा सहभागी भएका भलिबल खेलाडी केसीले भने ‘प्रयाप्त अभ्यास गर्नसमेत खेल समाग्री र खेलमैदानको अभाव छ।’ खेल प्रशीक्षक बिनाका खेलाडी उत्पादन हुने जिल्ला हो प्युठान उनी भन्छन खेलाडिको अबस्था दयनिय छ।

प्रतिक्रिया दिनुहोस्