एक किशोरी मृत फेला



विनोद सिंह विष्ट, बैतडी ।
बेवारिसे अवस्थामा दार्चुलामा एक किशोरीको बेवारिसे शव फेला परेको छ ।

नौगाड गाउँपालिका ६ नौगाडखोलामा अन्दाजी १७ बर्षीया किशोरीको शव फेला परेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए ।

स्थानियले खोलामा किशोरीको शव देखेपछी प्रहरीलाई खबर गरेको र त्यपश्चात आईतवार राती प्रहरीको टोली घटनास्थल पुगेको थियो । शव सड्न लागेको अवस्थामा छ प्रहरी निरीक्षक बोगटीले भने“टाउकोमा चोट र फुटेको , कपाल झरेको , शव चिन्न नसकिने अवस्थामा रहेको छ ।”

शवको प्रकृति हेर्दा एक हप्ता अगाडी मृत्यु भएको हुनसक्ने उनले बताए । अहिले शवलाई गोकुलेश्वर अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्