गजेन्द्र यू १९ राष्ट्रिय टोलीमा



विनोद सिंह विष्ट, बैतडी
बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाडौंका गजेन्द्र वोहरा यू–१९ क्रिकेट टोलीको शीर्ष ३० मा छनौट भएका छन् ।

देशभरीका १ हजार बढी प्रतिस्प्रर्धीलाई पछी पार्दै गजेन्द्र शीर्ष ३० मा पर्न सफल भएका हुन् । गत साउन २८ गतेदेखि काठमाडौंमा भएको छनौट चरणमा गजेन्द्र शनिवार शीर्ष ३० अटाउन सफल भएका हुन् ।

यू–१६ र यू–१९ का प्रशिक्षक विनोद दाससंग प्रशिक्षण लिईरहेका गजेन्द्रले अगामी यू –१९ टोलीमा पर्ने सम्भावना प्रवल रहेको छ । बैतडीस्थित निङ्गलाशैनी क्रिकेट क्लव(एनसिसि)संग आवद्ध १५ बर्षिय दाँया हाते ब्याट्सम्यान गजेन्द्रले यसअघि पनि विभिन्न रेकर्ड कायम गरेका छन्। गत बर्ष बैतडीमा सम्मन्न बिडिसिए कप क्रिकेट ईतिहासमै सबैभन्दा बढी रन बनाउने खेलाडीको रेकर्ड कायम गरे । उनले ५५ बलमा १४३ ब्यक्तिगत १४३ रन बनाएर नयाँ रेकर्ड कायम गरेको हो । जसमा २१ चौका र ७ छक्का सामेल रहेका थिए भने ४२ बलमै शतक बनाएका थिए ।

यसअघि केही महिना अगाडी सम्पन्न मनमोहन ममोरियल यू–१६ क्रिकेट प्रतियोगितामा उनले प्रदेश नं ७ (सुदूरपश्चिम) को टोलीवाट सहभागी भएका थिए । भदौ अन्तिम सातादेखि भारतमा हुने यू १९ एकदिवसिय टी सिरिजमा आफु छनौट भएर खेल्न पाए बैतडी र देशकै नाम राख्ने गजेन्द्रले बताए । उनले भने“मैले उक्त सिरिजको लागी छनौट भई खेल्न पाएका राम्रो प्रदर्शन गरी देशकै नाम उच्च राख्नेछु”

काठमाडौं जारी रहेको छनौटका अन्तिम ३० खेलाडीको छनौट भईसकेको छ भने केही दिनभित्रै १९ जनाको प्रारम्भिक टोली घोषणा गरिने जनाईएको छ । त्यसपछि बन्द पशिक्षणपछी अन्तिम टोलीको घोषणा हुनेछ ।

नेपाली यू–१९ टोलीले आगामी भदौ अन्तिम साता भारतमा एक दिवसीय सिरिज खेल्न लागेको हो । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले यू–१९ एक दिवसीय सिरिजका लागि नेपालसहित अफगानिस्तानको यू–१९ टोलीलाई भारत बोलाएको हो । आगामी भदौ २४ देखि असोज ४ गतेसम्म हुने प्रतियोतिामा भारतकै यू १९ र नेशनल क्रिकेट एकेडेमी (एनसिए) को टोली पनि सहभागी हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्