एनसीसी बैंक र सन नेपालबीच सम्झौता



काठमाडौं, (नेस)
नेपाल क्रेडिट एन्ड कमर्स बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच सन नेपालको इन्स्योरेन्स पोलिसी बिक्री गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट सन नेपाल लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सन नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्