एक लाख बढीको ब्रोइलर चल्ला बरामद



सीताराम चौधरी, कपिलवस्तु ।
इलाका प्रहरी कार्यालय गणेशपुरले भारतबाट अबैध रुपमा ल्याएको २० कार्टुन (२हजार गोटा) चल्ला बरामद गरेको छ । प्रहरी गस्ती टोलीले विजयनगर ३, मैनारीबाट चल्ला बरामद गरेको प्रहरी निरीक्षक नविन पौडेलले जानकारी दिनुभयो । बरामद गरिएको चल्ला १ लाख १० हजार मूल्य बराबर रहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । बरामद गरिएका चल्ला स्थानीय जनप्रतिनिधि, बुद्धिजिवी, भद्रभलाद्मी, स्थानीयको रोहबरमा खाल्डो खनी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्