एम्बुलेन्स नदिएको भन्दै माथिल्लो तामाकोसी आयोजनाको काममा अवरोध



चिरञ्जीवी मास्के, दोलखा ।
सिनो हाईड्रोले विरामी बोक्न एम्बुलेन्स नदिएको विरोधमा स्थानियले माथिल्लो तामाकोसी आयोजनाको हेडवक्सको काममा अवरोध गरेका छन् ।

आँखामा चोट लागेको स्थानिय एकजनालाई स्वास्थ्य संस्थामा लान सिनो हाईड्रोसंग एम्बुलेन्स मागेको तर सिनोहाईड्रोले एम्बुलेन्स बिग्रीएकोले अन्य सवारी साधन दिने भनेपछि स्थानियले काममा अवरोध गरेको जानकारी आएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताए ।

एम्बुलेन्स नदिएको विरोधमा स्थानियले आयोजनाको हेडवक्स जानेबाटोमा अवरोध गरेको र अहिले वडा अध्यक्ष हिरण्य गुरुङ र सिनो हाईड्रोका प्रतिनिधि स्थानियसंग वार्ता गर्न गएको आयोजना प्रवक्ता डा न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्