राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच सम्झौता



काठमाडौं, (नेस)
राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङ इन्ष्टिच्युट लिमिटेड (एनबीआई) बीच बैंकिङ तालिम सञ्चालन गर्ने सम्बन्धी शुक्रबार सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेसनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता भएपश्चात आव २०७५÷७६ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिको लागि नेसनल बैंकिङ इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रूपमा बैंकिङ तालिम प्रदान गर्ने छ ।
बैंकको हाल ७४ जिल्लामा २०६ वटा शाखा कार्यालय, १३५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ । गत आवको असार समान्तसम्म बैंकले १ खर्ब ६९ अर्ब रुपियाँ निक्षेप संकलन, १ खर्ब २१ अर्ब रुपियाँ कर्जा लगानी र ४ अर्ब ३२ करोड रुपियाँ खुद मुनाफा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्