भारतको केरल राज्यमा भिषण बाढी, ३ सय २४ को मृत्यु



केरला (एजेन्सी)
भारतको दक्षिण राज्य केरलमा भिषण वाढीका कारण मर्नेको संख्या बढेर ३ सय २४ पुगेको छ । उक्त राज्यका मुख्यमन्त्री पिनराई विजयनले विगत १ सय बर्षमा केरलले यसतो विध्वंश नदेखेको प्रतिक्रिया दिएका छन् ।

जुनको पहिलो हप्तामा भारतमा मनसुनको शुरुवाट भएको थियो । तर केरलमा भिषण बर्ष र बाढीका कारण मर्नेको संख्यामा विगत ७२ घण्टामा तिब्र रुपमा बढेको छ ।

बाढीका कारण करिब ३ लाख २५ हजार नागरिक घरवार विहिन भएको सरकारले अनुमान गरेको छ । उनीहरु राज्यले बनाएका २ हजार भन्दा धेरै अस्थायी राहत सिविरमा रहन बाध्य छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार राती नै केरल पुगेका थिए । शनिबार उनले केरलको बाढी प्रभावित जिलाको अवलोकन भ्रमण गरे ।
मुख्यमन्त्री पिनराइ विजयनले नागरिकलाई पानीमा नबस्न र उद्धारकर्मीको सहयोगमा त्यहाबाट बाहिर आउन आह्वान गरेका छन् । उद्धार तथा राहतकर्ताहरुले डुबान क्षेत्रका नागरिकहरुलाई उचाइ भएका भुभागमा बनाईएका अस्थायी सिविरहरुमा लगिरहेका छन् ।

बाढीमा फसेकाहरु आफनो सम्पती छोडेर जान तयार नभएको समाचारहरुमा आइरहेकोले मुख्यमन्त्रीले उक्त आह्वान गरेको बताइएको छ ।
मुख्यमन्त्री विजयनले नागरिकसँग बाढी राहत कोषमा सहयोग पठाउन पनि आग्रह गरेका थिए । उनले ट्विटरमा एक बयान जारी गरि नागरिकसँग मद्दत मागेका थिए । आंध्र प्रदेश, दिल्ली र पन्जाब सहित भारतका अन्य केही राज्य सरकारले पनि केरलाई राहत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

केरलमा वायुको कम दबावका कारण सामान्य भन्दा ३७ प्रतिशत धरै बर्षा भएको भारतिय मौसम विभागले जनाएको छ । आगामी दुई दिनसम्म बर्षा हुने अनुमान रहेको विभागले जनाएकोछ । यसले त्यहाँको स्थिति थप विग्रन सक्नेमा नागरिकहरु चिन्तित छन् ।

प्रतिक्रिया दिनुहोस्