संघीयता र कर



दुखले आज्र्याका मुलुकलाई टुक्राटुक्रा पार्नेहरूको पनि टुक्राटुक्रा होस् भन्दै बुढा पृथ्वीनारायण शाहले के श्राप मात्र दिएका थिए संघीयता पक्षधर भनिएका मनुवाले भटाभट कर बढाएपछि बुढाले दिएको श्राप लागे जस्तो छ। यो भनाइ धरहराको होइन है पाठकवृन्द। राजतन्त्र फ्याँकेर गणतन्त्र ल्याउनेहरूलाई खिसीटिउरी गर्दै गरेको एउटा दृष्यको मात्र यहाँ बयान गरिएको छ। हुन पनि उनीहरूले भनेजस्तै भएको छ मुलुकमा जताततै, जेसुकैमा पनि कर लगाएर स्थानीय निकायले आतंक मच्चाउन थालेपछि हिजो तीनहातमाथि उफ्रेर संघीयता ल्याउनेहरूलाई समेत नेताहरूले हावा–कावा खेलाउन थालेपछि संघीयता बिरुद्ध नारालाग्न थालेको छ।

हैन स्थानीय निकायका मास्टरहरुले पनि के गरेका हुन् कुन्नी आफूचाहीं मोजमस्तीमा रमाउन गरिब जनतालाई करको भारी बोकाउने उनीहरूको रणनीतिलाई जडसूत्रवादी चिन्तनभन्दा फरक नपर्ला। आफ्नो क्षेत्रमा उत्पादनशील कामको सृजना गर्नुपर्ने निकाय भटाभट कर बढाएर संघीयता असफल बनाउने राणनीतिमा रहेका छन। पूर्व राजावादीले स्थानीय तहका जनप्रतिनिधिलाई घुस खुवाएका रहेछन् कि भन्ने निष्कर्षमा धरहरा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्