विप्लवका प्रवक्ता प्रकाण्डलाई रिहा गर्न सर्वोच्चको आदेश



नेपाल समाचारपत्र, काठमाडौं ।

सर्वोच्च अदालतले पक्राउ परेका नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश चालेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न भनेको हो । उनलाई चन्दा असुलीको आरोपमा प्रहरीले गत साउन २३ गते पक्राउ गरेको थियो ।

तर, छोरा नरेन्द्रबहादुरले उनलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सर्वोच्चले बाटोको म्याद बाहेक ४८ घन्टाभित्र हाजिर गराउन आदेश दिएपछि प्रहरीले शुक्रबार सर्वोच्चमा उपस्थित गराएको थियो ।

उनले ७ करोड ५० लाख रुपैयाँ चन्दा संकलन गरेका थिए भने उनको खातामा अहिले पनि २ करोड रुपैयाँ देखिएको प्रहरीको दावी छ।

प्रतिक्रिया दिनुहोस्