विद्या बालान वेब सिरिजमा



अहिले बलिउड सिने नगरीमा वेब सिरिजको दौर चलिरहेको छ। बलिउडका धेरै कलाकार यसको हिस्सा बनेका छन्। बलिउडमा फेरि एकपटक अर्को वेब सिरिज बन्ने भएको छ, जसको हिस्सा हुने छिन् नायिका विद्या बालान।
भारतको पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीमाथि छिट्टै एक वेब सिरिज निर्माण गरिने भएको छ। पत्रकार तथा लेखक सागरिका घोषद्वारा लेखिएको इन्दिरा ः इन्डियाज मोस्ट पावरफुल प्राइममिनिस्टर नामक किताबमा आधारित उक्त बायोपिक वेब सिरिजमा विद्याले लोभलाग्दो भूमिका निर्वाह गर्नेे छिन्।
भारतीय सञ्चारमाध्यमका अनुसार कुनै पनि नजराको अभिनय सीपमा माहिर विद्या यो वेब सिरिजलाई लिएर निकै उत्साहित छिन्। विद्याले इन्दिरा गान्धीको जीवनका बारेमा बताउनका लागि धेरै कुरा भएको र केवल एक फिल्ममा समेट्न गाह्रो हुने भएकाले यसलाई वेब सिरिजका रूपमा प्रस्तुत गरिने बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्