पुरुषसंग हात नमिलाउने युवतीलाई क्षतिपुर्ति



स्टकहोम,(एजेन्सी)
हात नमिलाएकै कारण आफ्नो रोजगारका लागि लिइएको अन्तवार्ताबाट विमुख हुन पुगेकी एक स्विडेन ीमहिलाले अन्तत क्षतिपुर्ति पाउन ेभएकी छिन् । दोभाषे पदका लागि आवेदन दिएकी ति २४ वर्षिया युवती फराह अल्हाजेहले धर्मको कारण देखाउँदै आफुलाई अन्तर्वार्ता लिने पुरुषसंग हात मिलाउन अस्विकार गरेकी थिइन् ।

उनले हात मिलाउनुको सटा आफ्नो एउटा हात मुटुनिर राखेर अभिवादन गरेकी थिइन् । स्विडेनी श्रम अदालतले उनी माथि भेदभाव पुर्ण व्यवहार गरिएको भन्दै सम्बन्धित कम्पनीलाई क्षतिपुति स्वरुप ४ हजार ३ सय ५० अमेरिकी डलर तिर्न आदेश दिएको छ ।

केहि मुश्लिमहरु आफ्नै परिवारका सदस्यहरु बाहेक विपरित लिंगीसंग हात मिलाउँन रुचाउँदैनन् । तर केहि युरोपेली मुलुकहरुमा हात मिलाउनु परम्परागत संस्कार नै हो ।

तर भेदभावपुर्ण व्यवहार विरोधी कानुनले निजी कम्पनी र सरकारी निकायहरुलाई मानिसहरुलाई लैंगिक विभेद गर्नबाट रोक लगाएको छ । उक्त अदालतले धार्मिक स्वतन्त्रताका ेउपभोग गर्दै पिडित फराहसंग परपुरुषसंग हात नमिलाउने अधिकार रहेको जनाएके छ ।

प्रतिक्रिया दिनुहोस्