जिल्ला कारागारमा झडप, दुइ जना घाइते



पाल्पा ।
जिल्लामा भर्खरै प्रमुख जिल्ला अधिकारी र प्रहरीप्रमुख सरुवा भएर आएपछि जिल्ला कारागार पाल्पामा कैदी बन्दीहरु बीच झडप भएको छ ।

आफुले पाउँदै आएको सेवासुविधामा नाइके समूहले अनियमिता गरे भन्दै अन्य कैदीबन्दीहरुले आफ्ना माग राख्ने क्रममा मmडप भएको हो । छ । विहीवार विहान भएको झडपमा दुई कैदी बन्दीहरु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख उपरिक्षक विश्वमणी पोखरेलका अनुुसार झडप हुँदा कैदी बन्दी सन्तोष नेपाली र अर्जुनु घिमिरे सामान्य घाईते भएका हुन् ।

कैदी बन्दी बीच आपसमा झडप भएपछि प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, प्रहरी प्रमुख पोखरेल सहित सुरक्षा निकाय कारागार परिसरमा पुगेको थियो । कारागारमा नाइके समुहबाट आफुहरु पिडित भएको भन्दै उनीहरु बिच झगडा भएको वताइएको छ । घटनाको थप अनुसन्धान गरी ऐन अनुसार कैदीको सरुवा गरिने प्रहरी प्रमुख पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्