द्धन्द्धमा पीडित भएकाको पिडाः पैसाले द्धन्द्धको पीडा मेटीएको छैन



बिष्णु तिमिल्सिना, बर्दिया ।
बिगतमा नेपालमा चलेको माओबादी सशस्त्र द्धन्द्धमा पीडित भएकाहरुलाई राहत वापत पैसा र कही आर्थिक आयआर्जनका कार्यक्रमहरु दिएर पीडा मेटाउने प्रयास गरेपनि पीडित यथावत रहेको एक अध्ययनले देखाएको छ । मार्टिन चौतारीद्धारा बर्दियाको गुलरियामा आयोजित युद्धपछिको परिवर्तन र संक्रमणकालिन न्याय बिषयमा आयोजित अन्तिरक्रिया कार्यक्रममा उक्त अध्ययनको बारेमा जानकारी गराईएको हो ।
जानकारी गराउने सन्र्दभमा द्धन्द्ध पीडितहरुलाई परिपुरणका लागि न्यायको अनुभूति र उपलब्धिमुलक जिविको पार्जन, द्धन्द्ध पीडितहरुको निर्णायक तहमा सहभागिता, सशस्त्र द्धन्द्धको औचित्यको पुष्ट्याई नभए सम्म पीडितहरुको पीडा शान्त नहुने कुरा प्रतिवेदनमा उल्लेख हुने कुरा निष्र्कषमा जानकारी गराईएको छ ।
करिब अढाई दशक देखि प्राज्ञिक अध्ययनको काममा क्रियाशिल रहदै आएको मार्टिन चौतारीले बिभित बिषयमा बहस, छलफल र अनुसन्धान कार्यक्रम गरीरहेको सन्दर्भमा मार्टिन चौतारीका अन्नुसन्धान कर्ताहरुले बेलायतको स्कुल अफ ओरन्टल एण्ड अफ्रिकन स्टडीज र युनिभरसिटी अफ दथ संग मिलेर २०१६ देखि २०१८ सम्म बर्दिया जिल्लामा गरिएको अध्ययन प्रतिबेदनको प्रारम्भिक निष्र्कषहरु अनुन्धान कर्ता सुजित कर्ण र संगिता लिम्बुले प्रस्तुत गर्नु भएको थियो ।
अन्र्तरक्रियामा द्धन्द्धपीडित समितिका अध्यक्ष भागिराम थारु र सुन्दर संसार संस्थाका अध्यक्ष सपना चौधरी (तेस्रो लिंगी) ले आफ्नो द्धन्द्धपछिको पीडितहरुको बिषयमा तिप्पणी गर्नु भएको थियो । अन्नुसन्धानबाट प्राप्त निष्र्कषको बिषयमा अन्तरक्रियामा गैरसरकारी संस्था महाँसघका अध्यक्ष बिष्णु तिमिल्सिना, पत्रकार महासंघका अध्यक्ष राजेन्द्र प्रसाद धिताल, महिला अधिकारकर्मी मिथिला फुँयाल, हरप्लेसका प्रतिनिधि कुलराज चौधरी लगाएका ब्यक्तिहरुले प्रस्तुत प्रतिबेदन माथि सुझाब तथा प्रतिक्रिया दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्