पत्रपत्रिकाको पुनः बर्गिकरणको माग गर्दै युनियनद्धारा ज्ञापन पत्र



यमलाल भुसाल, बुटवल ।
नेपाल प्रेस युनियनले देशभरीबाट सुचना तथा प्रबिधि मन्त्री गोकुल बास्कोटालाई ज्ञापन पत्र पठाएको छ ।
पत्रपत्रिका बर्गिकरणमा लापरवाही र पक्षपात भएको भन्दै सुचना तथा प्रबिधि मन्त्री बास्कोटालाई तत्काल सच्याउन र पुन बर्गिकरण गर्न माग गरेको छ ।
यसै बिच नेपाल प्रेस युनियन रुपन्देहीले पत्रपत्रिका बर्गिकरणमा लापरवाही र पक्षपात भएको भन्दै सुचना तथा प्रबिधि मन्त्री गोकुल बास्कोटालाई ज्ञापन पत्र पठाएको छ ।
युनियले विहिवार इलाका प्रशासन कार्यालय मार्फत मन्त्री बास्कोटालाई ज्ञापन पत्र पठाएको हो ।
युनियनका रुपन्देही सभापति बिक्रम खडकाले इलाका प्रशासन कार्यालय बुटवलका निमित्त प्रमुख धु्रव प्रसाद नेपाललाई ज्ञापन पत्र हस्तान्तरण गर्नु भएको थियो ।
युनियनले ज्ञापन पत्रमा प्रेस काउन्सिलले पत्रपत्रिका बर्गिकरण गर्दा बिधि र प्रक्रिया पुरा नगरेको र निरन्तर प्रकाशित भएका पत्रपत्रिकालाई भन्दा पार्टी तथा व्यक्ति निकटका पत्रिकालाई बर्गिकरणमा प्राथमिकता दिएकोले तत्काल सच्याउन र पुन बर्गिकरण गर्न माग गरेको छ ।
आफना मागको सुनुवाई नभए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी युनियनले दिएको छ ।
ईलाका प्रशासनकार्यालयका निमित्त प्रमुख नेपालले ज्ञापन पत्र तत्काल सञ्चारमन्त्री समक्ष पठाउने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्