ब्राडलाई एन्जेलिनाको आरोप



अभिनेता पति ब्राड पिटसँग अलग भइसकेकी हलिउड अभिनेतृ एन्जेलिना जोलीले बच्चाको पालनपोषणका लागि उचित धनराशि नदिएको आरोप लगाएकी छिन्। तर यो विषयमा पिटले तत्काल आरोपको खण्डन गरेका छन्।
उनले एन्जेलिनाको आरोपमा कुनै पनि सत्यता नभएको बताएका छन्। ब्राडका वकिलले हालसम्म ब्राडले एन्जेलिनालाई १३ लाख डलरभन्दा धेरै रकम दिएको बताएको एजेन्सीले जनाएको छ। ब्राडले एन्जेलिनाको घर किन्ने बेलामा पनि ८० लाख डलर ऋण लिएको पनि बताएका छन्।

अर्कोतर्फ एन्जेलिनाका वकिलले बच्चाको पालनपोषणका लागि खर्च दिनु पिटको कर्तव्य भएको र जोलीसँग अलग भएपछि ब्राडले कुनै खर्च नदिएकाले एन्जेलिनाले मुद्दा दायर गरेको बताएको समाचारमा उल्लेख छ। सन् २००५ देखि सँगै रहेका ब्राड र एन्जेलिना सन् २०१४ मा विवाह बन्धनमा बाँधिएका थिए भने सन् २०१६ मा अलग भएका थिए। उनीहरूका धर्मसन्तानसहित ६ सन्तान छन्।

प्रतिक्रिया दिनुहोस्