एफबिआइका अधिकारीे कालो धन्धामा संलग्न



ज्याक्सन,मिस्सीसिप्पी,(एजेन्सी)
अमेरिकाको संघिय जाँचबुझ ब्युरो ( एफबिआइ ) ले एकजना सेरिफले वर्षौंदेखि एकजना लागु औषध व्यापारीलाई संरक्षण दिँदै आएको जनाएको छ । ति व्यापारीले अन्य लागु औषध व्यापारीहरुलाई लुटेर र लागु औषधबाट कमाएको केहि रकम लामो समय देखि टाल्लाहाचि काउन्टिका सेरिफ विलियम ब्रवेरलाई दिँद ैआएको बताइएको छ ।

एफबिआइका अन्य अधिकारीहरुले उनी विरुद्ध लिखित उजुरी दिएका हुन् । ति अधिकारीहरुले नाम नखुलाइएको ति अवैध व्यापारीले अन्य व्यापारीबाट लुटिएको र लागु औषधबाट कमाइएको पैसाको हिस्सा टेन्नेस्सीको मेम्फिस देखि करिव १ सय ३० किमि दक्षिणमा पर्ने ग्रामिण मिस्सीसिप्पी डेल्टा काउन्टीका ब्रवेरलाई दिने गरेको बताएका छन् ।

गत १२ जुनमा एफबिआइले त्यहि व्यापारीलाई गोप्य सुराकी बन्न आग्रह गरेपछि तिनीहरुबिचको लामो समय देखिको मिलोमतोको भण्डाफोड भएको हो । ति ५८ वर्षिय ब्रवेरलाई शुक्रवार गिरफतार गरी एफबिआइले लागु औषध बिक्रिमा मतियार भएको र जवर्जस्ती पैसा उसुली गरेको अभियोग लगाएको हो ।

अमेरिकी मजिस्ट्रेट न्यायधिश रोय पर्सिले काम , बिद्यालय , धार्मिक सेवा , औषधि उपचार वा अदालती कामकाजका लागि बाहेक घरबाट बाहिर निस्कने नपाउने गरी ब्रेवरलाई २५ हजार अमेरिकी डलर जमानतमा रिहा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्