वेलायत: आशंकितको परिचय



लन्डन,(एजेन्सी)
वेलायतको संसद भवन बाहिर कार दुर्घटना गराउने क्रममा आतंककारी गतिविधिको आशंकामा पक्राउ गरिएका व्यक्तिको नाम सालिह खातेर भएको बुधवार सरकारी सुत्रले जनाएको छ । मुलत सुडानबाट आएका वेलायती नागरिक २९ वर्षिय खातेरलाई हत्या प्रयासको आशंकामा गिरफतार गरिएको प्रहरीले जनाएको छ ।

उनलाई वेलायतमा शरण दिइएको वीवीसीले जनाएको छ । उनले चलाएको कारको ठककर बाट दुई जना व्यक्ति घाइते हुन पुगेका थिए । उनका भाईले उनी सामान्य व्यक्ति भएको र उनको कुनै अतिवादी विचारे तथा कुनै धार्मिक समुहसंग सम्बन्ध नरहेको बताएकाछन् ।

प्रतिक्रिया दिनुहोस्