चिडिएका फ्यान



नेपालको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि काठमाडौंको चोभारमा सुख्खा बन्दरगाह ‘ड्राईपोर्ट’ निर्माण गर्ने तयारी अघि बढेको छ । धेरै ठूलो दौडधुपपछि सो पोर्टको बुधवार शिल्यान्यास गर्ने कार्यक्रमको मिति र समय तय गरियो । पीएम ओलीले पोर्ट शिल्यान्यास गर्ने भन्र्दै उद्योग मन्त्रालयले निम्तो पठायो ।

मन्त्रालयले कार्यक्रममा सहभागी हुन साढे १०को निम्तो बाढेको थियो, सोही अनुसार निम्तालु त्यहाँ पुगे । सञ्चारकर्मीको पनि बाक्लै जमघट थियो, नहोस पनि कसरी निम्तो साधारण चिठी, इमेल, फोनकल र एसएसएसबाट हैन, बकाइदा कार्ड बनाएर पठाएपछि । जब सबैको बाक्लो जमघट भयो, सबैका आँखा पीएमको गाडी आयो कि भन्दै सडक तर्फ लम्किए, तर ओली पुगेनन् ।

अन्ततः ओलीको कार्य व्यस्तता जनाउँदै शिल्यान्यास कार्यक्रम नै क्यान्सिल भएको जानकारी गराइयो । त्यसपछि ‘हात्ति आयो हात्ति आयो फुस्सा’ भन्दै ओली विरुद्धको राम्रै कटाक्ष बर्सिएको धरहराले देख्यो । केही रन्थनिएका सहभागी र पत्रकार भन्दैथिए–‘राम्रै कार्यक्रम होला भनेर धुँवा, धुलो, हिलो छेल्दै यति टाढा आइयो, समय मौ बर्बाद भयो ।’

एक थरीले भन्दैथिए–‘बुढा कुन कुन क्षेत्रमा के कति कर बढाउन सकिन्छ भन्ने बैठकमा विज्ञहरुको जमघटमा जुट्या होलान्, अनि किन आउथे, दुःख दिनुको पनि हद हुन्छ नी ।’ त्यस्तो भन्नेमा उनका पूर्व कट्टर फ्यानहरु पनि थिए ।

प्रतिक्रिया दिनुहोस्