भारत: अन्तरिक्षमा मानव पठाउने



नयाँदिल्ली (एजेन्सी)
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार ७२ औं स्वतन्त्रता दिवशको अवसरमा लालकिलाबाट देशको नाममा सम्बोधन गर्दै सरकारका उपलब्धीका बारेमा चर्चा गरे । उनले स्वास्थ्य, अन्तरिक्ष र महिलासँग सम्बन्धित तीनवटा महत्वपुर्ण योजनाको घोषणा गरे ।

प्रधानमन्त्रीले सन् २०२२ सम्ममा कोही भारतिय अन्तरिक्षमा पुग्ने बताए । यसले भारत अन्तरिक्षमा मानव पठाउने चौथो देश बन्ने छ । त्यसैगरि स्वास्थ्य योजनामा ‘आयुस्मान भारत‘ र सेनामा महिलालाई प्रवेश गराउने योजनाको घोषणा गरे । उनले मंगलग्रहमा यान पठाउने भारत पहिलो देश बनेकोमा पनि चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्