पहिरोले २८ घर विस्थापित



प्युठान, (नेस)
जिल्लाको दुर्गम गौमुखी गाउंपालिका–४ पुजा जांड गाउँका २८ घर परिवार बिस्थापित भएका छन। बस्तीमाथिबाट पहिरो खस्न थालेपछि फेदीमा रहेको जांड गाउँका स्थानिय घर छोड्न बाध्य भएका हुन। पहिरोको जोखिम बढेपछि स्थानीयवासीले बुधवार बिहान देखि आफन्त र छिमेकीकहाँ आश्रय लिई बसेका छन् ।

पहिरोको उच्च जोखिममा रहेका धेरैजसो स्थानिय नजिकको नेपाल राष्ट्रीय प्राबिमा आश्रय लिई बसेको पिडित रेशम सुनारले बताए। पहिरोको जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताए। प्रहरीले जोखिमयुक्त स्थानका समुदायलाई सतर्क रहन आग्रह समेत गरेको छ ।

उता, अविरल बर्षाको कारण खसेको पहिरोले मंगलबार मध्यरातमा घर पुरिँदा बेपत्ता भएका स्थानिय ३५ बर्षिया झग बहादुर सुनार अझै भेटिएका छैन्न। पहिरोले पुरेको आशंकामा बुधवार दिनभर प्रहरीले खोजी कार्य गरेपनी उनलाई फेला पार्न नसकिएको श्रोतले बताएको हो।

मंगलबार रातिको पहिरोले जांडगाउका ३ घरगोठ पुरेको प्युठानका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो । स्थानीय देवबहादुर सुनारको घरगोठ र रेशम सुनारको घर पहिरोले पुरेको हो ।

सोही पहिरोले ८ वटा बाख्रा र ४ भैंसीसमेत बगाएको छ। पहिरोले झण्डै १२ लाख रुपैया बरावरको नोक्सानी पुर्याएको डिएसपी बुढाथोकिले नेपाल समाचारपत्रलाई जानकारी दिए। मंगलबार राती देखि प्युठानमा पानी परिरहेको छ। झिमरुक नदिको बहाव समेत बढेको छ।

प्रतिक्रिया दिनुहोस्