भाइव्रेटरलाई स्विकृति दिइएन



नयाँदिल्ली,(एजेन्सी)
भारतको पेटेन्ट कार्यालयले एउटा क्यानाडाली कम्पनीले भारतमा महिलाहरुका लागि यौन खेलौना भाइबे्रटर बिक्रिका लागि पेटेन्ट पाउन दिएको निवेदन अस्विकार गरेको छ ।

उक्त कार्यालयले यस्ता खेलौनाका कारण सामाजिक मर्यादार नैतिकतामा विचलन आउन सकने चिन्ता व्यक्त गरेको छ ।

भारतको अश्लिलता सम्बन्धी कानुनलाई उदरित गर्दै पेटेन्ट कर्यालयले यस कानुनले यौन आनन्दको मामिलालाई कहिल्यै पनि सकारात्मक रुपमा नलिएको जनाएके छ ।

साथ ैसो कार्यालयले यौन खेलौनालाई छाडा वस्तुको रुपमा लिइने गरिएको र तिनीहरु भारतमा वैध हुन नसक्ने जनाएके छ । तर सन् २०११ मा एउटा भारतिय अदालतले यौन खेलौनाहरुलाई अश्लि वस्तुको रुपमा लिन नसकिने आदेश जारी गरेको थियो ।

ओन्टारियो स्थित सो भाइव्रेटर निर्माण कम्पनीले स्थानिय डुप्लिकेट भाइव्रटर बिक्रि विस्थापन गर्न पेटेन्ट अधिकार लिन खोजेको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्