महासंघको प्रदेश नम्बर ५ र तामिलनाडु चेम्बर फाउन्डेसनबीच सम्झौता



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्बर ५ र भारतको तामिलनाडु चेम्वर फाउन्डेसनबीच आर्थिक व्यावसायिक क्षेत्रमा सहकार्य गर्ने उद्देश्यलेसहमती पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा सहमतिपत्रमा महासंघको प्रदेश नम्बर ५ का अध्यक्ष गुणनिधि तिवारी र टीएनसीएफका तर्फबाट अध्यक्ष एस. रेथिनाभेलुले हस्ताक्षर गर्नुभयो ।
सहमतीपत्र अनुसार आपसी लाभका क्षेत्रहरूको पहिचानसहित लगानी प्रवद्र्धन, व्यापार तथा आर्थिक सम्बन्ध विस्तार, व्यापारिक प्रतिनिधिमण्डलको आदान प्रदान, प्रवद्र्धनात्मक कार्यक्रम जस्तो लगानी तथा व्यापारसम्बन्धी सम्मेलन, व्यापार मेला, बायरसेलर मिटिङ, वानटुवान विजनेस मिटिङ, आर्थिक व्यावसायिक लगानीलगायतका विषयमा सभा सम्मेलनको आयोजना, बजार अध्ययन, प्राविधिक ज्ञान तथा विकासका मोडलहरू आदान प्रदान गर्ने प्रतिबद्धता जनाइएको छ ।

साथै आर्थिक व्यावसायिक र समग्रमा अर्थतन्त्रस“ग सम्बन्धी दस्तावेज, नीतिगत दस्तावेजको आदान प्रदान, आयात निर्यातसम्बन्धी वस्तु तथ्यको जानकारी, आयात निर्यात प्रवद्र्धन, यस क्षेत्रका विद्वान तथा विज्ञको भ्रमण आदान प्रदानलगायतमा सहकार्य गर्ने कुरा सहमतीपत्रमा उल्लेख गरिएको छ ।

मधुराई तामिलनाडुमा शुरू भएको भाईवरेन्ट तामिलनाडु ग्लोबल एक्पो सम्मेलन २०१८ मा भाग लिन महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानको नेतृत्वमा महासंघको १५ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डल हाल भारत भ्रमणमा रहेको छ । एक्सपोमा १० देशका विभिन्न प्रकारका कृषिस“ग सम्बन्धी १ सय ८० स्टल राखिएको छ । एक्सपोमा ३० देशका ४ सय भन्दा बढी उद्योगी व्यवसायीको सहभागिता रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्