बजार, यातायात, उद्योग सहज संचालन, निजी विद्यालयले दिए बन्दकर्तालाई साथ



पुष्कर बुढाथोकी, भक्तपुर ।
पक्राउमा परेका आफना कार्यकताको निशर्त रिहाईको माग गर्दै नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्प्युनिष्ट पाटीले आवहन गरेको नेपाल बन्दको चौतर्फी अबज्ञा भएको छ । बन्दले दिक्क भएका आमनागरिक र व्याबसायीले बन्दको अबज्ञा गरि व्याबसाय र यातायातका साधन निर्धक्क संचालन गरेपछि भक्तपुर लगायत उपत्यकामा बन्दको प्रभाव परेन । भक्तपुरको लोकन्थली र सूर्यविनायकमा विहानै भेटिएको प्रेशर कुकर बम सुरक्षाकर्मीले निस्क्रिय पारेपछि बन्दको त्रासलाई मेट्दै दैनिक झै जनजीवन सामान्य रुपमा संचालन भएको छ ।
भक्तपुरमा विहानैदेखि निर्वाध रुपमा यातायात सचालन भएको छ । अरनिको राजमार्ग खण्ड भएर गुड्ने काभ्रेबाट आउँने र काठमाण्डौबाट जाने सार्वजनिक तथा निजी सवारी साधनहरु निर्वाध रुपमा संचालनमा आएको छ ।
त्यस्तै भक्तपुरबाट ग्रामिण रुढमा संचालन भएका बसहरु समेत आज निर्वाध रुपमा संचालन मा आएका छन् । जिल्लाका सबै बजार खुलेका छन् भने सहज रुपमा व्यापार संचालन भईरहेको छ । त्यस्तै भक्तपुरका उद्योग कलकारखानाहरु समेत निर्वाध रुपमा संचालन भएका छन् ।
महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जिल्लाको सुरक्षा व्याबस्था कडा पारिएको बताउँदै जिल्लामा निर्वाध रुपमा यातायातका साधन, बजार र उद्योग तथा कलकारखााम संचालन भईरहेको जानकारी दिनुभयो ।
व्यापक रुपमा प्रहरी परिचालन गरिएको जानकारी दिदै उहाँले कहि कतै अबरोध सिर्जना गर्न खोजे कडा कारबाही गरिने बताउनुभयो । भक्तपुरमा सरकारी विद्यालय र निजी तर्फ पनि इृशासन अन्तर्गतका भक्तपुर नगरपालिका भित्रका विद्यालयहरु पनि निर्वाध संचालन भईरहेका छन् ।
यद्यपी भक्तपुरमा प्याब्सन र एनप्याब्सनमा आवद्ध रहेको निजी विद्यालयहरुले भने बन्द कर्ताको साथ दिएका छन् । विद्यालयलाई शान्ति क्षेत्र बनाउँनु पर्छ भनेर आवाज उठिरहेको बेलामा कुनै पनि बन्दले असर नगरी विद्यालयहरु संचालन हुनुपर्नेमा प्याब्सन र एनप्याब्सन अन्तर्गतका विद्यालयहरु उपत्यकामा नै बन्द भएका छन् ।
बन्दकर्ताले बन्दको आव्हान गरेकै भरमा निजी विद्यालयहरुले विद्यालय बन्द गरेर बन्दकर्ताको साथ दिईरहदा लाखौ विद्यालर्थीले आज पढाईबाट बञ्चित हुनुपरेको छ । जो सुकैले बन्द एवं हडतालको आव्हान गर्दा पनि निजी विद्यालयले बन्दकर्ताको साथ दिने गरेको अभिभावकहरुको गुनासो छ । निजी विद्यालय संचनलकहरु भने विद्यालयको गाडीमाथि आक्रमण हुनसक्ने र विद्यार्थीको ज्यान जोखिममा पर्ने भएकाले विद्यालय नै बन्द गरेको बताएका छन् ।
यस अघि भक्तपुरको लोकन्थली र सूर्यविनायकमा आज बिहानै भेटिएको पे्रशर कुकर बम नेपाली सेनाको बम डिस्फोजल टोलीले डिस्फोज गरेको थियो । भक्तपुरको सूर्यविनायक नगरपालिका ६ आदर्श बस स्टप नजिकै झोलामा हालेर राखिएको प्रेसर कुकर बम भेटिएको थियो । त्यसैगरि मध्यपुरथिमि नगरपालिका वडा नं. १ लोकन्थलीमा ६ लेन सडकको सर्भिस ट्रयाकको डिलमा झोलामा हालेर राखिएको प्रेशर कुकर बम भेटिएको थियो ।
दुबै ठाउँको बम नेपाली सेनाको डिस्फोजल टोलीले डिस्फोज गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । दुई ठाउँ मै बम भेटिए पछि नेपाल प्रहरी, शसस्ब प्रहरी र नेपाली सेनाको टोली सुरक्षाका लागि खटिएको थियो ।
दुबै बम सामान्य खालको भएको दाबी गर्दै उहाँले शान्ति सुरक्षाका लागि प्रहरी गस्ति र साखा पोशाकका प्रहरी परिचालन गरिएको बताउनुभयो । नेत्र विप्लब चन्दको नेकपाले आव्हान गरेको नेपाल बन्दमा त्रास फैलाउँने उदेश्यले बम राखिएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्