यस्तो संसारकै अनौठो आलु, जुन खाँदा मानिस हुने गर्छन् सँधै जवान



एजेन्सी । आलुको सेवनबाट दिर्घायु बन्ने खबर कहिल्यै सुन्नु भएको छ ? यदि छैन भने यो खबरले तपाईको आयु नै बढाउन मद्धत गर्नेछ । प्रसंग हो दिर्घायु बनाउने आलुको । जसलाई बैज्ञानिकहरुले केही वर्ष खर्चेर सफल परिक्षण गर्न सषम भएका छन् । टेस्ट ट्यूबमा तयार गरेर पछि माटोमा रोपिने यो आलु वैजनी रंगको छ । सामान्यतया बजारमा पाइने आलु भन्दा अलिक भिन्न फरक किसिमको छ । अनौठो प्रकृतिको यो आलुमा भिटामिन सीको मात्रा तीन गुणा धेरै हुन्छ । जसमाअक्सिकरण निरोधक तत्व चार गुणा बढी भएको बैज्ञानिकको भनाई छ ।

अनुसन्धानमा संलग्न बैज्ञानिकहरुका अनुसार अक्सिकरण निरोधक तत्वले बुढोपन रोक्ने बताइएको छ । अन्य आलुको जस्तै स्वाद हुने आलुका करिब २० नयाँ प्रजाति तयार भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्