ताइवानी अस्पतालमा भिषण आगलागि



ताइपेइ,(एजेन्सी)
ताइवानको एउटा अस्पतालमा भयानक आगलागि हुँदा कम्तिमा नौजना मानिसको ज्यान गएको सरकारी संचार माध्यमले सोमवार बताएको छ । बिहान सवेरै न्यु ताइपेइ सिटीको अस्पतालको सातौं तल्लाको एउटा वार्डबाट आगलागि शुरु भएको थियो ।

यस घटनामा घाइते भएका अन्य १६ जना बिरामी तथा कर्मचारीको स्थिती निकै चिन्ताजनक रहेको बताइएको छ । आगलागिको कारण स्पष्ट हुन सकेको छैन । तर संचार माध्यमले घुम्ती बेडको बिद्युतिय गडबडीको कारण आगो शुरु भएको हुनुपर्ने अनुमान गरेको छ ।

शहरको उत्तरी क्षेत्रमा रहेको वेइफु अस्पतालमा रहेका अन्य ३३ जना बिरामी र ३ जना कर्मचारीलाई सकुशल उद्धार गरिएको बताइएको छ । सरकारी संचार माध्यम सिएनएका अनुसार प्रहरीले अस्पतालको वार्डमा आगो निभाउने उपकरण जडान नगरिएको बताएके जनाएको छ ।

ताइपेइ स्थित वीवीसीका पत्रकार सिन्डी सुइले आगलागिबाट बच्ने उपायलाई कडाईका साथ पालना नगरिने भएकले ताइवानमा प्रायशः आगलागिको घटना दोहरिइ रहने गरेको जानकारी दिएकी छिन् । सन् २०१२ मा पनि एउटा अस्पतालमा भएके आगलागिको दौरान १२ जना बिरामीको ज्यान जानुका साथै अन्य ६० जना भन्दा बढि घाइते भएक थिए ।

प्रतिक्रिया दिनुहोस्