भक्तपुरमा फेला परेको बम नेपाली सेनाद्धारा निस्क्रिय



भक्तपुर । नेपाली सेनाको बम डिस्पोजल टोलीले भक्तपुरको लोकन्थलीमा भेटिएको बम निस्क्रिय पारेको छ । मंगलबार बिहान स्थानीयले रातो प्लाष्टिकको झोलामा शंकास्पद वस्तु देखेपछि सुरक्षानियकायलाई खबर गरेका थिए ।

खबर पाउनेवित्तिकै घटनास्थल पुगेको सेनाको टोलीले करिव ४५ मिनेटमा बम निस्क्रिय पारेको थियो । बमको आशंकामा उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मंगलबार बिहान लोकन्थलीमा रहेको सिद्धार्थ पेट्रोलपम्पबाट भित्र छिर्ने सर्भिस ट्र्याकमा रातो प्लाष्टिकको झोलाभित्र प्रेसरकुकर देखिएपछि नेपाली सेना र नेपाल प्रहरीले सुरक्षा कडा पारेका छन् ।

उक्त सर्भिस ट्र्याक हुँदै आवतजावत गर्ने सवारी साधन र बटुवालाई समेत हिँडडुलमा रोक लगाइएको थियो । अहिले बम निस्क्रिय पारेपछि सडक सञ्चालनमा आएको छ। मंगलबार सरकारले आफ्नो नेता पक्राउ गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी, विप्लव समूहले नेपाल बन्दको आयोजना गरेको छ।

प्रतिक्रिया दिनुहोस्