रोनाल्डोलाई हेर्न समर्थक ओइरियो



टुरिन, (एजेन्सी)
जम्मा ४ हजार जनसंख्या भएको इटालीको सानो सहरमा क्रिस्टियानो रोनाल्डोलाई हेर्न स्टेडियम नै भरिभराउ भएको छ । रियल मेड्रिडबाट युभेन्टसमा पुगेका रोनाल्डोले क्लबको कालो सेतो धर्के जर्सीमा पहिलो खेल खेले र गोल पनि गरेका छन् । युभेन्टसको बी टोलीसँग खेलेको मैत्री खेलमा पाँच पटकका बेलन डीअर विजेता रोनाल्डोको उपस्थितमा युभेन्टसले ५–० को जित हात पारेको थियो । यो खेल हरेक वर्ष ओल्ड लेडीका मालिकले आयोजना गर्दै आएको छ । टुरिनको भिलार पेरोसाको सानो सहरका रेस्टुरेन्ट र मिडियाले भरिएको थियो ।

समर्थकहरुले रोनाल्डो भन्दै चियर गरिरहेको खेलमा रोनाल्डोले पहिलो हाफसम्म मात्रै ७ नम्बर जर्सीमा खेलका थिए । तर ७२ औं मिनेटमा समर्थकहरु मैदानमा वार्षिक परम्परागतअनुसार उत्रेपछि खेल केहीबेर स्थगित भएको थियो । खेलपछि खेलाडीले अटोग्राफ र फोटोका लागि पोज दिएका थिए । तर डिफेन्डर लियोनार्डो बोनुचीको अन्डरवेयर नै तानिएको थियो । एग्नेली परिवारले सन् १९५५ देखि मैत्री खेल आयोजना गर्दै आएको छ । युभेन्टसको बी टोलीले पहिलो खेलमा ३–२ ले जितेको थियो । तर उनीहरुले २००५ देखि पहिलो टिमलाई भने हराउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्