मेगा बैंकका ग्राहकलाई स्टार अस्पतालमा १५ प्रतिशतसम्म छुट



काठमाडौं, (नेस)
मेगा बैंक नेपालका ग्राहकलाई ललितपुरको सानेपास्थित स्टार अस्पतालले १५ प्रतिशतसम्म छुट दिने भएको छ ।

मेगा बैंक नेपालका वरिष्ठ नायब महाप्रबन्धक महेश शर्मा ढकाल र स्टार अस्पतालका प्रमुख सञ्चालन अधिकृत डा. सन्देश जिसीबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सोही सम्झौता बमोजिम मेगा बैंकका ग्राहकलाई स्टार अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने भएको हो ।

 

सम्झौताअनुसार, मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले स्टार अस्पतालमा उपचार गराउँदा आईसीयँ, क्याबिन र वार्डमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यसैगरी, ल्याब टेष्ट, एक्सरे, इसिजी, इन्डोस्कपी, क्लोनोकपी, यँएसजी, इइजी, सिटी स्क्यान, पीएफटीलगायतका परीक्षण, औषधि र शल्यक्र्रियामा १०–१० प्रतिशत छुट पाउने भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्