धौलीगंगा बाँध खोलियो



बैतडी, (नेस)
भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ । बाधँमा पानीको मात्रा बढेको र नियमित सरसफाइ समेत गर्नुपर्ने भएकोले सोमबार बिहान ७ बजे बाँध खुला गरीएको हो । यसअघि आईतवार नै भारतीय पक्षले बाँध खोलिने भनेर पुर्व जानकारी नेपाली प्रसासनलाई गराएको थियो ।

बाधँको पानी खोलिदा महाकाली नदी तटिय क्षेत्रमा जोखीम बढ्ने भएकोले पुर्ब सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए । धौलीगंगा बाँधको पानी मंगलवार बिहानसम्मका लागी खुल्ला गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्