‘जुलियन असान्जलाई संकटबाट मुक्त गर्न आग्रह



काठमाडौं । अष्टे«यलिन नागरिक जुलियन असान्जलाई संकटबाट बाहिर निकाल्न सबै तहबाट प्रयास हुनेपर्नेमा राजधानीमा सोमबार आयोजि एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन । अमेरिकाले ईराक, अफगानिस्तानमा युद्ध गरेर निर्दोष नागरिक र पत्रकारहरुको निमर्मतापूर्वक हत्या गर्ने र त्यसको सूचनाबाट विश्व समूदायलाई अलग राख्ने गोप्य सूचना चुहावट गर्ने विकी लिक्सका संस्थापक समेत हुन् ।

सूचना चुहावट गरेको आरोपमा अमेरिकाले आफ्नो हत्या गर्ने योजना बनाएको थाहा पाएपछि ब्रिटेन गएका उनी त्यहाँ पनि जोगिने आधार नदेखेपछि उनी सन् २०१२ देखि ईक्वेडरको राजदूतावासमा शरण लिएर बसिरहेका छन् ।

नेपाल पर्यावरण संरक्षण तथा सम्बद्र्धन संघ (ईपान)ले पत्रकार सम्मेलनको आयोजना गरी असान्जलाई संकटबाट मुक्त गर्न आग्रह गरेको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुदर्शन प्रधानले ‘जुलिया असान्जलाई स्वतन्त्र गराऔ’ भन्दै उनलाई स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकारको सदुपयोग गर्ने वातावरण बनाउन बिश्व समुदायलाई आग्रह गरेका छन ।

‘झण्डै डेढ सय वर्षअघि सर्वहारा मजदुर वर्गको स्वतन्त्रताको वकालत गर्ने कार्ल माक्र्सलाई तत्कालीन मजदुर, किसानमारा जर्मनी सरकार, फ्रान्सेली सरकार, बेल्जियम सरकार, ईटली सरकारले लगातार देश निकाला र २४ घण्टे वारेण्ट जारी गर्दा पनि तत्कालिन ब्रिटेन सरकारले राजनैतिक शरण दिएर वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रताको परिचय दिएका थिए । तर अहिले ब्रिटेन सरकार अमेरिकी शासकहरुको डर र दबाबमा असान्जलाई त्यो स्थान नदिएको आरोप प्रधानले लगाउनु भएको छ।

अन्तमा ईक्वेडरको राजदुतावासमा असान्जले शरण लिन बाध्य भयो । विगत ६ वर्षदेखि असान्ज उक्त राजदुतावासमा बन्दीझंै जीवन जीउन विवश छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्