कम्पनी विरुद्ध क्यान्सर रोगीले २९ करोड डलर जिते



सान फ्रान्सिस्को (एजेन्सी)
क्यान्सरपछि एक मालीले आफुले प्रयोग गर्ने किटनासक औषधी उत्पादक कम्पनी विरुद्ध २९ करोडको मुद्दा जितेका छन् ।

डिवेन जोन्सनको जिन्दगीमा यो जितको खुसी अगाडी नै क्यान्सर आएको थियो । मालीको काम गर्दै उनलाई उक्त रोग लागेको हो । क्यान्सको पहिलो लक्षणका रुपमा राता गोला ताताहरु उनको करिब ८० प्रतिशत सरीरमा फैलिएको थियो । त्यतिबेला जोन्सन ४२ बर्षका थिए ।

सन् २०१२ मा बेनिसिया स्कुलमा मालीको काम गर्दा उनले विरुवामा बर्षैभरी किटनासक औषधी छर्कने गरेका थिए । यो औषधी राउन्डअफ एन्ड रेन्जर प्रो हर्बिसाइडको उत्पादक मोन्सेन्टो कम्पनी हो ।

सन् २०१४ मा उनलाई हजकिन लिम्फोमा क्यान्सर भएको पत्ता लागेको थियो । कम्पनी मोन्सेटो विरुद्ध मुद्दाका लागि उनले सन् २०१५ मा तयारी थालेका थिए ।

जोन्सनले दावी इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सरको शोधमा आधाररित थियो , जसमा राउन्डअफ हर्बिसाइडलाई क्यान्सरको कारण बताइएको थियो । यो हर्बिसाइडमा ग्लाइफोसेट हुन्छ जसले क्यान्सर उत्पन्न गराउन सक्छ । यो एजेन्सी विश्व स्वास्थ्य संगठनसँग सम्बद्ध छ ।

तर अमेरिकाको पर्यावरण संरक्षण एजेन्सीले सन् २०१७ सेप्टेम्बरमा आफनो प्रतिवेदनमा उक्त रसायनले क्यान्सर नुहुने उल्लेख गरेको थियो ।

जोन्सनकी पत्नीले पनि अदालतमा पतिको उपचार खर्चका लागि आफुल १४ घण्टा काम गर्नु परेको बताएकी थिइन् । अदालतले उनको पक्षमा फैसला सुनाउँदै मोन्सेनटो जोन्सनलाई ३ करोड ९० लाख डलर मुआब्जा दिन र २५ करोड डलर क्षतिपुर्ति तिर्न आदेश दिएको छ ।

अभिन्याधिक मन्डलले फैसलमा मोन्सेटोले जोन्सन र अन्य उपभोक्तालाई उक्त हर्बिसाइडबाट क्यान्सर खतराबारे चेतावनी दिएको छैन । कम्पनीले उक्त फैसला विरुद्ध अपिल गर्ने जनाएको छ ।

मोन्सेटोले विज्ञप्तीमा भनेको छ– ८ सय भन्दा धेरै शोध र प्रतिवेदनले ग्लाइफोसेटबाट क्यान्सन नहुने उल्लेख गरेको छ र जोन्सनलाई पनि यसबाट क्यान्सर भएको होइन ।

प्रतिक्रिया दिनुहोस्