माइतीको आंगनी सार्वजनिक



सञ्चारकर्मी सविता पोखरेलको शब्दमा तीज गीत विरानो भो माइतीको आँगनी सार्वजनिक भएको छ।

विपिन आचार्यले एरेन्ज गरेको गीतको म्युजिक भिडियो राजीव बलामीले निर्देशन गरेका छन् भने रिना थापा मगर, रिना राउत र मेलिना ठकुरीको अभिनय रहेको भिडियो कृष्ण श्रेष्ठले छायांकन र दिनसन शाहले सम्पादन गरेका छन्। म्यजिक खबरको आयोजनामा भएको गीत सार्वजनिक कार्यक्रममा बोल्दै गायक शिव परियारले गीतले वास्तविकता बोकेको चर्चा गरे भने गीतकार संघका उपाध्यक्ष भरत बमजनले गीतकारको शब्द लेख्ने शैलीले लोभ्याएको बताए।

गायिका एवं संगीतकार काव्य आचार्यले शब्द मन परेकै कारण आफ”ले संगीत सिर्जना गरेको बताइन् भने प्रमुख अतिथि प्राज्ञ एवं गीतकार उन्नती शिला बोहराले गीतमा माइती चेलीको वेदना मात्र नभएर पुराना दिनको सम्झनासमेत व्यक्त भएको बताइन्।

प्रतिक्रिया दिनुहोस्