संयुक्त पदस्थापन सम्पन्न



पोखरा ।
लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बी १ नेपाल रिजन १४ अन्र्तगत जोन २८ र २९ का क्लबहरूको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको छ ।
साउन २६ गते शनिवार रिजन अन्र्तगतका क्लबहरू लायन्स क्लब अफ पोखरा फिस्टेल, भद्रकाली, गोल्डेन चौतारी, पिस सिटी, गोल्डेन सोसाईटी, सेन्टल गार्डेन, पिस सम्पदा र पोखरा स्कुल चौतारीको संयुक्त पदस्थापन सम्पन्न भएको हो ।
पदस्थापन अधिकृत डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्टिक्ट गर्भनर अशोककुमार श्रेष्ठले क्लबमा भित्रिएका नयाँ सदस्यलाई लायन सिद्धान्त र मान्यताबारे जानकारी तथा क्लब नवनिर्वाचि पदाधिकारीलाई पदस्थापना गराएका हुन् ।
कार्यक्रममा लायनवर्र्ष सन् २०१७÷१८ का अध्यक्षले आ–आफ्ना कार्यकालका गतिवधि सहितका प्रतिवेदन र १८÷१९ का लागि पदस्थापित अध्यक्षले भावी कार्यक्रम प्रस्तुत गरेका थिए । समारोहमा सिद्धार्थ लभडेल बोडिङ स्कुल र कान्तिपुर एकेडमीका विद्यार्थीहरूले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने प्रणय गजलकार प्रकट पगेनी शिवले शृङ्गारिक गजल वाचन गरेका थिए ।
कार्यक्रममा नेपाली लायन्सको आफ्नै गुठी नेपाल लायन्स फाउण्डेशनमा रकम जम्मा गर्नको लागि विभिन्न क्लबहरूबाट करिब ६ लाख बढीको प्रतिवद्धता आएको छ ।
संयुक्त पदस्थापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले लायन्सले समाजमा गरेका सेवाका कार्यले आफु प्रभावित भएको बताउदै सम्पन्न गरिएका कार्यलाई संस्थागत गर्न स्थानीय सरकारसँग सहकार्य गर्न आग्रह गरे । लायन्सले समाजमा शिक्षा स्वास्य, वातावरण, सामाजिक र मानवीय सेवाका कार्यका साथै नेतृत्व विकासमा उत्कृष्ट काम गरी समाज रुपान्तरण महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै आउँदा दिनमा आर्थिक क्रान्तितर्फ ध्यान दिन जोड दिए ।
पदस्थापन अधिकृत डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्टिक्ट गर्भनर अशोककुमार श्रेष्ठले दिएर बाँचौ भन्ने मुल मर्मका साथ विशेषतः अपाङ्गताको क्षेत्रमा काम गर्नका लागि “अपाङ्गता हाम्रो आत्मियता” नारालाई वर्षभरि नै प्राथामिकतामा राखेर काम गर्न नव निर्वाचित अध्यक्षहरूलाई आग्रह गरेका थिए । यस वर्षको डिष्ट्रिक्टको नारा “लिभिङ वाई गिभिङ” (दिएर बाँचौ) लाई हृदयगम गर्दै नयाँ ढंगले मानव सेवाका कार्यमा उत्साह, हौसला साथ लाग्न समेत अनुरोध गरे ।
लायन्स क्लब अफ पोखरा भद्रकालीका लायनवर्र्ष २०१७÷१८ अध्यक्ष भरत कोइराला र लायन्स क्लब अफ पोखरा फिस्टेलका लायनवर्र्ष २०१८÷१९ अध्यक्ष शुक्रकुमार प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल, पूर्व मल्टिपल काउन्सिल चियरपर्सन प्रेमबहादुर श्रेष्ठ क्याविनेट सेक्रेटरी रामबहादुर बसेल, रिजन चेयरपर्सन खुवबहादुर बराल जोन चेयरपर्सनद्धय टंकराज अधिकारी प्रमोद पौडेल, लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाईटीका प्रथम उपाध्यक्ष भवानी अधिकारी, फिस्टेलका सदस्य दुर्गा श्रेष्ठ लगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्