गुल्मीे सदरमुकामै ठूलो परिमाणमा घरेलु मदिरा बरामत



अनिल खत्री, गुल्मी ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले घरेलु मदिरा नियन्त्रण अभियानलाई कढाइका साथ अगाडी बढाउने अभियान सुरु गर्ने जनाएको छ । प्रहरीले सदरमुकमबाटै ठूलो परिमाणमा अबैध घरेलु मदिरा नियन्त्रण गरेको छ । प्रहरीले एकै दिन जिल्लाका बिभिन्न स्थानबाट मदिराको कच्चा पदार्थ २ हजार ६० लिटर र १ सय १५ लिटर उत्पादित तयारी मदिरा बरामद गरेको हो ।
जिल्लाको सदरमुकाम तम्घास स्थित रेसुङ्गा नगरपालिकाका विभिन्न स्थानबाट ठुलो परिणामको घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले जानकारी दिए ।
रेसुङ्गा नगरपालिकाको तम्घास बुढाथोकी बसपार्क, उदिनढुङ्गाबाट १ सय १० लिटर उत्पादित तयारी मदिरा, १ हजार ६० लिटर कच्चा पदार्थ, मदिरा बनाउन प्रयोग गरिने मर्चा ३० किलो, सामग्री पैनी सात थान, पलाष्ट्रिक ड्रम ४० थान, पलाष्ट्रिक ग्यालिन १७ थान र माटाको हाँडी तीन थान बरामद गरिएको प्रहरी उपरिक्षक बस्नेतले बताए ।
जिल्लाको मदाने गाउँपालिका ६ को पुर्कोटदहका विभिन्न स्थान १ हजार लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ र ५ लिटर उत्पादित तयारी घरेलु मदिरा बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको मदिरालाई तम्घासको डम्पिङ्ग साइडमा लगेर नष्ट गरिएको प्रहरी नायव उपरिक्षक रोशन खड्काले बताए ।
मदिराले झै–झगडा लगायत अन्य बिभिन्न खालका नकारात्मक समस्याहरु उत्पन्न गराउने भन्दै प्रहरीले घरेलु मदिरा नियन्त्रण गर्न लागि पर्ने नायव उपरिक्षक खड्काले बताए । घरेलु मदिरा चेक जाच तथा नियन्त्रण गर्ने अभियान गुल्मी जिल्लाका ग्रामीण बस्तीहरुमा पनि संञ्चालन गरेको प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।
गाउँघरमा घरेलु मदिराले बिभिन्न खालका समस्याहरु उत्पन्न गर्ने भएकाले यसको नियन्त्रण र निर्मुल हुन जरुरी रहेको प्रहरी प्रमुख बस्नेतको भनाई छ । पहिलो चरणमा मदिरा बरामद गरेको ठाउँमा पुनःमदिरा फेला परे कारवाही समेत गर्ने प्रहरी उपरिक्षक बस्नेतले बताए । उनले प्रहरीले केहि समय देखाउने मात्रै नभएर स्थानीय तहसंगको सहकार्यमा सवै टोलमा यो अभियान पु¥याउने बताए ।

प्रहरीले केहि समय अघिदेखि गाँजा फडानी अभियानलाई पनि अगाडी बढाएको थियो । जस अन्तरगत जिल्लाका विभिन्न स्थानबाट करिव साढे ३१ क्विन्टल गाँजा फडानी गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए । गुल्मी जिल्लामा पछिल्लो समयमा प्रहरीले सवारी साधन चेकजाचँमा कडाइ गरेको छ । दुरघटना न्यूनिकरण गर्नको लागि भन्दै चेक जाँचलाई बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्