जुना र प्राश्नाको व्यथा



पप र आधुनिकदेखि फिल्म गीतमा समेत उत्तिकै लोकप्रियता कमाउँदै आएकी गायिकाद्वय जुना प्रसाईं र प्राश्ना शाक्यले आफ्नो नयाँ तीज गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्। तीज आयो आफूलाई चैं अर्कै व्यथा छ बोलको गीतमा शिव हमालको शब्द र संगीत तथा विश्वास नेपालको संगीत संयोजन रहेको छ। युवराज वाइबाद्वारा निर्देशित गीतको म्युजिक भिडियोमा जुना र प्राश्नाले नै आकर्षक नृत्य गरेका छन्। भिडियोमा उनीहरूलाई अभिनेता ध्रुव न्यौपानेले अभिनयमा साथ दिएका छन्।

‘लोकगीत र दोहोरी गीतमा त्यति अभ्यस्त नभए पनि तीज आएपछि हामी आफैं उत्साहित हुन्छौं।’ –गायिका प्रसाईं र शाक्यले भने। यी दुई गायिकाले केही वर्षदेखि लगाताररूपमा तीजका गीत तयार पारी सार्वजनिक गर्दै आएका छन्। मनीता गहतराजको कोरियोग्राफी रहेको भिडियो उत्सव दाहालले छायांकन गरेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्