हिरोसिमा र नागासाकीले भोगेको परमाणु बमको विध्वशं



-टोक्यो (एजेन्सी)
सन् १९४५ आउँदै गर्दा एक आम जापानीको जीन्दगी अत्यन्त कठिन बनिसकेको थियो । पसलबाट अन्डा, दुध, चिया र कफी पुरै हराइसकेको थियो । स्कुलका मैदानहरु र घरका बगैँचाहरुमा सागसब्जी उमार्न प्रयोग गरिएको थियो । पेट्रोल सर्वसाधारणको पहुँचबाट बाहिर गइसकेको थियो ।

सडकमा एउटा पनि निजी गाडी कुदेको देखिँदैनथ्यो । हिरोसिमाको सडकमा जतातै साइकल र पैडल यात्रु र सैनिक बाहन मात्र देखिन्थे ।
सन् १९४५ अगस्ट ६ विहान जापानी राडारले दक्षिणबाट आएको विमानलाई देखेका थिए । चेतावनी साइरन बज्न थाले र पुरै जापानमा रेडियो कार्यक्रम रोकिएका थियो ।

जापानमा त्यतिबेलासम्म पेट्रोलको यति कमी भइसकेको थियो कि ती विमानलाई रोक्नका लागि कुनै जापानी विमान पठाउन सक्ने स्थिति थिएन । ८ बजे तिर चेतावनी फिर्ता भयो र रेडियो कार्यक्रम पुन सुरु भयो ।
८ बजेर ९ मिनेटमा अमेरिकी वायु सेनाका कर्नेल पल टिबेट्सले आफनो बी २९ विमान ‘एनोला गे‘को इन्टरकममा निर्देशन दिए, ‘आफ्नो गगल्स लगाउनु र त्यसलाई आफनो निधारमा राख्नु ‘ ।

‘उल्टो क्रममा गन्ती सुरु भए लगत्रै त्यसलाई आफनो आँखामा लगाउनु र तल भयंकर चम्किलो प्रकाश देखिने भएसम्म लगाइराख्नु । ‘


विमानको बेलीमा साढे ५ मिटर लामो, ४ टन तौलको निलो–सतो रंगको परमाणु बम ‘लिटिल ब्वोय‘ राखिएको थियो । यो अन्त्यन्त गोप्य म्यानह्याटन प्रोेजेक्ट अन्तरगत न्यु मेक्सिकोको लस अलामोस स्थित एक प्रयोगशालामा बनाइएको थियो । यसको अस्तित्व यति धेरै गोप्य राखिएको थियो कि अमेरिकाका उपराष्ट्रपति ह्यारी ट्रुम्यानले पनि पहिलो पटक राष्ट्रपति रुजबेल्टको निधनपछि अमेरिकाको नयाँ राष्ट्रपतिको पदभार सम्हालेपछि मात्रै थाहा पाएका थिए ।

‘एनोला गे ‘को दायाँ पखेटाबाट १० मिटरको दुरीमा एक किलोमिटर पछाडी अर्को बी–२९ विमान ग्रेट आर्टिस्ट उडिरहेको थियो । अर्को एउटा बमबर्षक पनि थियो जसलाई जर्ज मारक्वार्डले उडाइरहेको थियो । उनको एक मात्र जिम्मेवारी भनेको तस्वीर खिँच्नु थियो ।

ठीक ८ बजेर १३ मिनेटमा ‘एनोला गे‘का बम्बिर्डियर मेजर टमस फेरेबीको हेडफोनमा कर्नल पाल टिबेट्सको सन्देश सुनियो । ‘यो सबै तिम्रै हो । ‘ फेरी उनले इन्टरकममा भने– आफनो गगल्स लगाउनु । फेरेबीले गगल्सबाट आफनो लक्ष्य अओइ ब्रिज देखेपछि उनी चिच्याए, ‘मैले फेला पारेँ । ‘
ठीक ८ बजेर १५ मिनेटमा एनोला गेको चुच्चो भागबाट ‘लिटिल ब्वाय‘ हिरोसिमामाथि खस्न सुरु गरे ।

लिटिल ब्वायलाई एनोला गेबाट तल पुग्न पुरै ४३ सेकेन्ड लाग्यो । तिब्र बेगको हावाले उसको लक्ष्य अओइ ब्रिजबाट २ सय ५० मिटर पर ढकेल्यो र त्यो शिमा सर्जिकल क्लिनिक माथि विस्फोट भयो ।


यसको शक्ती १२ हजार ५ सय टीएनटी बराबर थियो । यो विस्फोट हुँदा त्यहाँको तापक्रम एकैचोटी १० लाख सेन्टिग्रेड पुगेको थियो । माथिबाट द ग्रेट आर्टिस्टका पाइलट मेजर चाल्र्स स्विनीले एक विशाल आगोका गोला बेनको देखेका थिए ।

शहरको मध्यमा एक क्षणमा ढलानका संरचना बाहेक जमिनमाथि निर्माण भएका सबै चिज गायब भयो । विस्फोटको असर यति धेरै थियो की विस्फोट भएको विन्दु ‘ग्राउन्ड जिरो‘बाट १५ किलोमिटर दुरीमा पर्ने भवनका झयालहरुको शिशा चकनाचुर भएको थियो ।

हिरोसिमा सहरको दुई तिहाइ भवन एक सेकेन्ड भित्र ध्वस्त भएको थियो । कयौं किलोमिटर सम्म आगोको आँधी नै फैलिएको थियो । हिरोसिमाको कुल आवादी २ लाख ५० हजारको ३० प्रतिशत अर्थात ८० हजारको मृत्यु एक क्षणमा भएको थियो ।


विस्फोट भएपछि ‘एनोला गे‘को अगाडी क्याबिनमा तेजिलो प्रकास फैलिएको थियो र पाइलट पल टिबेट्सले दाँतै सिरिङ भएको महसुस गरेका थिए ।
विमानको पछिल्लो हिस्सामा बसकेका टेल गनर बब केरनले आफनो कोडाक क्यामराबाट तलका दृष्यको तस्वीर खिँच्न थाले । तल बैजनी बादलको बीच सेतो धँवाको एक गोला ३ हजार फिट माथिसम्म उठेको थियो र त्यसले एक च्याउको आकार लिएको थियो ।

एनोला गेका सह पाइलट क्याप्टेन रोबर्ट लुइसले आफनो लगबुकमा लेखेका थिए– हे भगवान यो हामीले के गरेको हो ? विमानका हतियार नियन्त्रक विलियम पारसन्सले एक सानो सन्देश पठाए, ‘ परिणाम सफल । विमानको स्थिति सामान्य । ‘

हिरोसिमाको विध्वंश देखेका पहिलो पत्रकार
३७ बर्षिय स्थानिय पत्रकार सातोशी नाकामुरा ती भाग्यशाली मध्यका थिए, जसले उक्त विध्वंशलाई नजिकबाट हेर्ने पाएका थिए । त्यो दिन उनले हिरोसिमाबाट केहि दुरीमा एक मित्रसँग रात बिताएका थिए । जब हिरोसिमामा एटम बम खस्यो, त्यसको असरबाट उनी जमिनमा लडेका थिए र उनको अनुहारमा शिशाका टुक्रा लागेर चोट लगाएको थियो । उनी आफनो साइकल उठाए र हिरोसिमा तर्फ अगाडी बढे ।

उनी हिरोसिमाको विध्वंश हेर्ने पहिलो पत्रकार थिए । उनले डौमी समाचार एजेन्सीको ओकायामा कार्यालयबाट पहिलो समाचार पठाएका थिए । ‘८ बजेर १६ मिनेटमा शत्रुका दुई विमानले हिरोसिमा माथि एक विशेष बम खसाल्यो । हिरोसिमा पुरै ध्वस्त भइसकेको छ र करिब १ लाख ७० हजार नागरिक हताहत भएका छन ‘ ।

डौमीका ब्युरो चिफले यो सुनेपछि नाकामुरालाई यो साँचो हुन नसक्ने बताउँदै एक बमले हिरोसिमामा यति धेरै मर्न सक्छ भन्ने आसंका ब्यक्त गरेका थिए । उनले नाकामुरालाई आफनो रिपोर्टमा हताहतको संख्या बदल्न भने । किनभने सेनाले पनि यसलाई मान्न अस्विकार गरिरहेको थियो ।

नाकामुरा टेलिफोन लाइनमा चिच्याउँदै भनेका थिए – सेना मुर्ख हुन् ।
त्यसको ३ दिनपछि अगस्ट ९ मा जापानको अर्को एक नगर नागासाकीमा अपरान्हको समयमा बी–२९ बमबर्षले अर्को परमाणु बम खसाल्यो । उक्त बलमे १ किलोमिटरको दायरमा पर्ने सबै चिजलाई ध्वष्ट पारेको थियो ।

कम खसेको स्थानबाट ५ सय मिटरको दुरीमा सिरोयामा प्राइमरी स्कुलको ढलानको कंकाल बाहेक केहि बचेको थिएन ।

प्रतिक्रिया दिनुहोस्