भारत: लडाकु मारिए



बारामुल्ला,(एजेन्सी)
भारत अधिनस्थ जम्मु काश्मिरको बारामुल्ला जिल्लाको रफियाबादमा जारी मुठभेडका क्रममा विहिवार भारतिय सुरक्षाफौजको गोली लागेर कम्तीमा पाँचजना लडाकूको मृत्यु भएको छ । अघल्लो दिन पनि सुरक्षाफौजको कारबाहीमा चार जना लडाकू मारिएका थिए ।

अचानक मौसम खराब भएका कारण रोकिएको सेनाको कारबाही बिहीबार बिहानैदेखि सुरु भएको थियो । प्राप्त जानकारी अनुसार, अब्दुल मजिद शाह नाम गरेका एक लडाकूलाई सुरक्षाफौजले पक्राउ गरेको छ । उनीबाट सेनाले हातहतियार र अन्य बन्दोबस्तीका सामग्री समेत बरामद गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्