गाउँबाट लखेटिएको छ बर्ष पछि बुढा परिवार पुर्नस्थापित



दयाराम पण्डित, बाजुरा
बाजुराको हिमालीगाउँपालिका वडा नं दुईको एक दम्पती र उनको परिवार छ बर्षपछि गाउँमापुर्नस्थापितभएको छ । विकट तथादुर्गम हिमालीगाउपालिकाको वडा नं २ नातिखोलामा बस्ने ६० बर्षिय जयलाल बुढाको परिवारलाई गाउँलेले ६ बर्ष अघि एक जनादलित केटाले उनको घरको ओटालीमा गएको र पानीखाएको भन्दै गाउँबाट अलग्याएकाथिए । दलित केटा संग नाजायज सम्वन्धको समेत संका गरेर गाउँलेले आफफ्रनो परिवार अलग्याएको बुढाले बताए ।

अनावश्यक संकागर्दै डुम भन्दै गाउँले दुःखदिनथाले पछि गाउ छोडेर जंगलनजिक घर बनाएर बसेका बुढा दम्पतीगाउलेकै उत्पीडनमा परेको छ बर्ष पछि जनप्रतिनिधिको पहलमापुर्नस्थापितभएकाहुन ।

हिमालीगाउँपालिका वडा नं २ का वडाध्यक्ष धनरुप बुढाले सम्पूर्ण जनप्रतिनिधि र गाउँलाई राखेर जयलाल बुढा दम्पतीलाई पुर्नस्थापित गराइएको बताउनु भएको छ । यस अघि छोरा बुहारी संग समेत वस्न नपाएका बुढा दम्पतीले अवगाउँले संगै छोरा बुहारी संग बस्न पाउने भए पछि खुसीब्यक्त गरेका छन ।

विगतमादलितभएको भन्दै सामाजिककार्य हुदै धारा, कुला, देखि घट्ट पिस्न समेत बन्चित गरेकागाउँलेलाई हिमालीगाउँपालिकाकाअध्यक्षगोविन्दबहादुर मल्लले पुर्नस्थापितगर्न दवावदिनु भएको थियो । संकाको भरमाकुनै ब्यक्तिमाथि लाल्छना लगाएर गाउलेले अपमानजनकब्यवहार गरेको र त्यो मानवअधिकार विरुद्ध हुने भन्दै अध्ययक्षमल्लले पुर्नस्थापितनगरे गाउपालिकाले कानुनी बाटो खोज्ने भन्दै बुढा परिवारलाई पुर्नस्थापितगर्न जनप्रतिनिधिलाई आग्रह गरेपछि गाउँलेहरुले समेत गल्ती गरेको स्वीकार गरेका वडाध्यक्ष धनरुप बुढाले बताउनु भएको छ ।

गाउँलेले आफूहरुले विगतमानबुझेर यस्तो ब्यवहार गर्नु गल्तीभएको भन्दै माफिमागेको र अव देखि आफूहरु स्व–सरह जयलाल बुढा दम्पती र उनको परिवारलाई पनि स्थानदिने प्रतिवद्धता गरेकाहुन । हिमालीगाउँपालिका वडा नं २ काअध्यक्षधनरुप बुढाको रोहवरमा बुढा परिवारलाई पुर्नस्थापित गरी उक्त निर्णय गाउँपालिकामा समेत प्राप्तभएको हिमालीगाउँपालिकाकाप्रवक्ता रमेश विकले बताउनु भएको छ ।

उमेर ढल्कदै गए पछि कामगर्न नसक्ने अवस्थामापुगेकाजयलाल बुढाका छोरा बुहारीलाई समेत उनको घरमाजान स्थानियले बन्चीत गरेकाथिए ।

हामीले गल्तीनगर्दा पनिगाउँले दुखदिएको र अहिले सवैले सवै सामाजिककाममा समावेस गर्ने र आफूहरु स्व सरह समायोजन गर्ने भए पछि खुसि महसुस भएको जयलाल बुढाकी श्रीमति रिमा बुढाले बताउनु भएको छ । यस अघि गत जेठ १२ मा रेडियो बुढीनन्दा र सिआइएनले जयलालबुढाको परिवार गाउँलेको उत्पीडनमा परेको प्रति समाचार र रिपोर्ट प्रसारण गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्