बंगदादेशसंग आज समझदारीपत्रमा हस्ताक्षर हुने



नेपाल समाचारपत्र, काठमाडौं
नेपालले मुलुकबाहिर विद्युत् बजार खोज्ने क्रममा दक्षिण एसियाली मुलुक बंगलादेशस“ग पनि द्विपक्षीय उर्जा व्यापार सम्झौता (पीटीए) गर्ने भएको छ ।

दुई देशबीच पीटीए सम्झौता लागि बंगलादेशका उर्जा राज्यमन्त्री नसरुल हमिदसहितको उच्चस्तरीय टोली बिहीबार नेपाल आएको हो । शुक्रबार दुई पक्षीय भेटवार्ता तथा उक्त सम्झौतामा हस्ताक्षर गरिने उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता दिनेश कुमार घिमिरेले बताउनुभयो ।

‘दुई देशका उच्च सरकारी अधिकारीबीच शुक्रबार द्विपक्षीय भेटवार्ता हुनेछ । भेटवार्ता पछि ऊर्जा सहयोग तथा आदान–प्रदान सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको छ ।’ प्रवक्ता घिमिरेले भन्नुभयो ।

यसअघि दुई छिमेकी मुलुक चीन र भारतस“ग द्विपक्ष्ँीय विद्युत् व्यापार सम्झौता गरिसकेको नेपालले बंगलादेशस“ग पनि विद्युत् व्यापारका लागि सम्झौता गर्ने लागेको हो ।

सरकारले ऊर्जा क्षेत्रमा सहकार्यका लागि बंगलादेशस“ग बेलाबखत प्रस्ताव गर्दै आएको थियो । २०७१ साल मंसीर १० र ११ गते काडमाडौंमा सम्पन्न भएको १८ औ“ सार्क सम्मेलनका क्रममा ऊर्जाको चरम अभाव खेपिरहेको बंगलादेशले नै क्षेत्रियस्तरमा विद्युत् व्यापारका लागि प्रस्ताव गरेपछि ‘सार्क फ्रेमवर्क एग्रिमेन्ट फर इनर्जी को–अपरेशन’ सम्झौता भएको थियो ।

तत्कालिन उर्जामन्त्री राधा ज्ञवालीको बंगलादेश भ्रमणका क्रममा दुवै देशले उर्जा व्यापारका लागि सम्झौता गर्ने तयारी गरेपछि त्यसले अन्तिम रुप लिन भने सकेन । करिब १६ करोड ६५ लाख जनसंख्या रहेको बंगलादेशमा हाल ७५ प्रतिशत जनसंख्या मात्रै विद्युत् पहु“चमा रहेका छन ।

३ वर्षभित्र ३ हजार मेगावाट विद्युत् उत्पादन गर्ने, ५ वर्षभित्र १० हजार मेगावाट उत्पादन गर्ने र १० वर्षभित्र १५ हजार मेघावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष नीति तथा कार्यक्रममा समेटिएको छ । लक्ष्य अनुरुप विद्युत् उत्पादन भएमा केही वर्षभित्रै नेपालले विद्युत् निर्यातका लागि विकल्प खोज्नुपर्ने हुन्छ ।

चरम उर्जा संकट भोगिरहेको बंगलादेशलाई नेपालमा उत्पादित विद्युत्को सम्भावित बजारका रुपमा हेरिहएको छ । सरकारले एक वर्षभित्रै पूर्व पश्चिम राजमार्गको समानान्तर हुनेगरी उच्च क्षमताको विद्युत् प्रंशारणलाईन निर्माण गर्ने लक्ष्य राखेको छ ।

उक्त प्रशारणलाई निर्माण सम्पन्न हुनेबित्तिकै नेपाल र बंगलादेशबीच सबैभन्दा छोटो दुरीबाट व्यापारका लागि सहज हुनेछ।

नेपालको काकडभिट्टा नाका र बंगलादेशको फुलबारी नाकाबीचको दुरी २७ किलोमिटर मात्रै छ । तर दुई देशबीच भारतको जमिन पर्ने भएका कारण नेपाल र बंगलादेशबीच गरिने विद्युत् व्यापारमा भारतको पनि भूमिका अपरिहार्य देखिएको छ ।

दुई देशबीच व्यापार विस्तारका लागि भारतको रचनात्मक भूमिका आवस्यक देखिएपनि हालसम्म कुनै सम्झौता भने हुन सकेको छैन । तर यस विषयमा भने एमओयू सम्झौतापछि नेपाल र बंगलादेश दुवै देशले भारतस“ग पहल गर्ने प्रवक्ता घिमिरेको भनाई छ ।

‘हामीले लामो समयको गृहकार्यपछि बंगलादेशस“ग विद्युत् व्यापार सम्झौता गर्न लागेका हौं । यसबीचमा नोपल र बंगलादेशबीच प्रशारणलाईनमार्फत् कसरी जोड्न सकिन्छ भनेर पनि छलफल भएका छन् ।तर तार्किक निश्कर्षमा हामी पुगसिकेका छैनौं । एमओयू सम्झौता पछि दुबै देशले त्यसका लागि पहल गर्छ ।’ समाचारपत्रस“ग कुरा गर्दै घिमिरेले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्