प्रदेश नं ५ को दुई विधेयक प्रमाणीकरण



बुटवल ।
प्रदेश नं ५ को प्रदेशसभाको बैठकले दुई विधेयक प्रमाणीकरण गरेको छ ।

प्रदेश नं ५ प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं ५ प्रदेशसभाका सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण भएको हो ।

प्रदेश प्रमुख उमाकान्त झाले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभालाई जानकारी गराउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्