सबैलाइ आाधारभुत खानेपानी उपलब्ध गराइनेः खानपानी मन्त्रि मगर



हरकसिंह धामी, कञ्चनपुर ।
खानेपानी मन्त्रि बिना मगरले देशको हरेक परिवर्तनमा आदिबासि जनजाती समुदायको महत्वपुर्णm भुमिका र योगदान रहेको बताउनु भएको छ । २४औ अन्तराष्ट्रिय आदिबासि जनजाती दिवशमा सन्दर्भमा कञ्चनपुर जिल्लाको बेलौरी र पुनर्वासका आदिबासि जनजाती समुदायहरुले आयोजना गरेको सभालाइ सम्बोधन गर्दै खानेपानी मन्त्रि बिना मगरले सो कुरा बताउनु भएको हो ।

 

आदिबासि जनजाति समुदायको सभा उदधाटनका लागि कञ्चनपुर पुग्नुभएकी मन्त्रि मगरले राणा शासनको बिरुद्धको आनदोलन देखि पञ्चायती व्यवस्था बिरुद्धको आन्लोन १० बर्षे जनयुद्ध र २०६२र६३ सालको आन्दोलनमा समेत महत्वपुर्ण भुमिका खेल्दै आदिबासि जनजाति समुदायले ठुलो योगदान पुर्याएको उहाको भनाइ रहको थियो । आदिबासि जनजातिले चाहे जस्तो अधिकार राज्यले अझै दिन नसकेको बताउदै मन्त्रि मगरले उत्पिडनका बिरुद्ध बोल्ने अधिकार भने प्राप्त भएको बताउनुभएको छ ।

 

कञ्चनपुर जिल्ला र समग्र सुदुरपश्चिम केन्द्रिय राज्यसत्ताको विकासको एजेण्डामा पछि परेको र त्यसमा पनि निर्वाचन क्षेत्र नं.१ अझ पछि परेको भन्दै आफुले निर्वाचनमा गरेको प्रतिबद्धता नभुलेको र यसको विकासका लागि आफु लागिपर्ने बताउनुभएको छ । बेलौरी भन्सारलाइ स्तरोन्नती संग संगै मुख्य नाकाको रुपमा विकास गर्नका लागि समेत आफुले पहल थालेको उहाँले बताउनुभएको छ ।

 

सरकार खुसि जनता सुखि, देश र समृद्ध नेपालको नारा साकार पार्दै अघि बढेको भन्दै सबैलाइ स्वस्थ्य खानेपानी जनताको मौलिक अधिकार समेत भएकाले मन्त्रालयले सबैका लागि स्वच्छ खानेपानी पुर्याउनका लागि योजनाबद्ध ढंगले अगाडी बढेको उहाँको भनाइ रहको छ । कार्यक्रममा आदिबासि जनजातीका विभिन्न खाले सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्नुका साथै खानाका परिकार समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्