शासन फेरीयो, व्यवस्था फेरीएन




मदन चापागाईं

हिजो बर्गिय मुद्धा ऊठाएर वर्गबिहिन समाजको वकालत गर्दै सिमान्त बर्गको गाउमा संघियता धर्मनिरपेक्षता संसदिय व्यबस्था रहित समाजबादको पसल थाप्ने हरू आज संसदिय व्यवस्थाको ठुलो भाटभटेनी भित्र पुजिँबाद र सामन्तबादको ब्यापार चलाईरहेको देख्दा मन भक्कानिएर होइन बिद्रोहको ज्वाला दन्केर आऊछ ।

कम्युनिष्ट शासनको खोल ओडेर पुजिबाद र सामन्तबादको ऊदारहण पस्कनेहरूको लावा लस्करहरूको संसदिय भाटभटेनि भित्र पदको हानालुछि हुन्छ, पैसाको बार्गेनिङ हुन्छ, शोषक जन्माऊने खेल हुन्छ,ठेकदारलाई साम्सदको कोट ओढाएर माननिय बनाऊने तिब्र प्रक्रिया हुन्छ,गाऊगाऊमा सिंहदरबारको खोक्रो नारा लगाएर सिंहहरूलाई जंगलबाट झिकाएर सिंहदरबार भित्राऊने परपन्ज रचिन्छ।खोइ अरू के हुन्छ ?

धेरै भए आश्वासनको जाल फ्याकिन्छ, दुई तिहाइको दम्भ देखाइन्छ, तीन भागमा दुई भागको सहमति जुटाएर देश बेचिन्छ,समाबेशिता एऊटा पात्रमा सिमित राखिन्छ, रेमिट्यान्स बढाउँने खेल रचिन्छ, युवाहरूलाइ बिद्रोहको बिउ सम्झन्छ यो सरकार र घरमा सम्भावनाको ढोका बन्द गरेर पल्लो गाउँमा मजदुरि गर्न पठाईन्छ ।

अरू के हुन्छ यो संसदिय भाट भटेनि भित्र ? त्यही भाटभटेनि भित्र अस्तिसम्म एउटा शक्ति बैचारिक र शैद्धान्तिक पृष्ठभुमि को प्रबाह नगरि कहिले बहुमत पुर्याउने निहँुमा त कहिले दुई तिहाईको निहुमा एक अर्को संग मित लगाउथ्यो । तर, परिस्थिति अहिले भिन्न छ ।

जुन शक्ति जनता लुट्न आफुसंग सहभागी नगराएको निहुँमा २÷४ जना समर्थक बोकेर सडकमा खोक्रा नारा लगाउँछ । अनि देख्छ वाटोका दुइचार वटा मुद्दा उठाएर दुइ तिहाई ढलाऊने दिवा स्वप्न ।

यसो भनिरहदा ऊ पनि संसदिय व्यवस्थाको विरुद्धमा चाँहि होइन । किनभने ऊसलाइ थाहा छ यो व्यवस्था भन्दा पर उसको कुनै सम्भाबना छैन,अस्तित्व छैन र विचारको पथिभाषा पनि जन्मदैन ।

हिजो बर्गिय मुद्धा ऊठाएर वर्गबिहिन समाजको वकालत गर्दै सिमान्त बर्गको गाउमा संघियता धर्मनिरपेक्षता संसदिय व्यवस्था रहित समाजबादको पसल थाप्नेहरू आज संसदिय व्यवस्थाको ठुलो भाटभटेनी भित्र पुजिँबाद र सामन्तबादको ब्यापार चलाइरहेको देख्दा मन भक्कानिएर होइन बिद्रोहको ज्वाला दन्केर आउँछ ।

कम्युनिस्ट सासनको खोल ओडेर पुजिँबाद र सामन्तबादको ऊदारहण पस्कनेहरूको लावालस्करहरूको संसदिय भाटभटेनिभित्र पदको हानालुछि हुन्छ, पैसाको बार्गेनिङ हुन्छ, शोषक जन्माउने खेल हुन्छ, ठेकदारलाई सांसदको कोट ओढाएर माननिय बनाऊने तिब्र प्रक्रिया हुन्छ,गाऊगाऊमा सिंहदरबारको खोक्रो नारा लगाएर सिंहहरूलाई जंगलबाट झिकाएर सिंहदरबार भित्राऊने परपन्च रचिन्छ । खोइ अरू के हुन्छ ?

धेरै भए आश्वासनको जाल फ्याकिन्छ, दुई तिहाईको दम्भ देखाइन्छ, ३ भागमा २ भागको सहमति जुटाएर देश बेचिन्छ, समावेशिता एऊटा पात्रमा सिमित राखिन्छ, रेमिट्यान्स बढाउने खेल रचिन्छ, युवाहरूलाइ बिद्रोहको बिउ सम्झन्छ यो सरकार र घरमा सम्भावनाको ढोका बन्द गरेर पल्लो गाउँमा मजदुरि गर्न पठाईन्छ । अरू के हुन्छ यो सम्सदिय भाट भटेनि भित्र ?

त्यहीँ भाटभटेनि भित्र अस्तिसम्म एउटा सक्ति बैचारिक र शैद्धान्तिक पृष्ठभुमिको प्रबाह नगरि कहिले बहुमत पु¥याऊने निहँुमा त कहिले दुई तिहाईको निहुमा एक अर्कोसंग मित लगाउँथ्यो । तर, परिस्थिति अहिले भिन्न छ ।

जुन शक्ति जनता लुट्न आफुसंग सहभागी नगराएको निहुमा २÷४ जना समर्थक बोकेर सडकमा खोक्रा नारा लगाऊछ । अनि देख्छ वाटोका दुइचार वटा मुद्धा ऊठाएर दुइतिहाई ढलाऊने दिवा स्वपन । यसो भनिरहँदा ऊ पनि संसदिय व्यवस्थाको वारूद्ध मा चाहि होइन ।

किनभने ऊसलाइ थाहा छ यो व्वस्था भन्दा पर उसको कुनै सम्भाबना छैन, अस्तित्व छैन र बिचारको परिभाषा पनि जन्मदैन । तर, यो व्यबस्था भित्र टाऊको एउटाको राखेर मासु अर्काको बेचिन्छ । खोई कँहा आयो गणतन्त्र ?

गरिवको झुपडिमा बिहान चुलो बले बेलुका आगो देख्ने मौका पाउँदैन । ऊता हिजो खालि हात आएकाहरू पैँसाको ओछ्यान लगाउँछन । कँहा आयो समावेशिता ? एक जना राष्ट्रपति छ ।

५१ प्रतिशत आफ्नो अस्मिताको जोखिम उठाउन बाध्य छन् । कँहा आयो समाजबाद ? यहाँ गरिबको छोरो आधारभुत शिक्षाबाट बन्चित छ उनिहरू करोडौका निजि कलेज र बोर्डिङहरू खोलि सरकारि संरचनालाइ ध्वस्त बनाउँछन् । त्यसकारण यस व्यवस्थाको विकल्प महशुस गरेको छु ।

लेखक चापागाईं त्रीबी अखिल क्रान्तिकारीका अध्यक्ष हुनुहुन्छ

प्रतिक्रिया दिनुहोस्