फेसन शोसँगै सम्मान



 

सिजन मिडियाले संस्था स्थापनाको १०औं वर्षको अवसर पारेर राजधानीमा फेसन शो र विभिन्न सांगीतिक कार्यक्रमसहित सम्मान कार्यक्रम गरेको छ।

सो अवसरमा मिडियाद्वारा विभिन्न समयमा आयोजित प्रतियोगिताका विजेता, उपविजेता तथा एयर होस्टेस् तालिम लिइरहेका युवायुवतीले मोडलका रूपमा फेसन शो प्रस्तुत गरेका थिए। फेसन शोमा बालबालिका, टिनएजर, युवतीदेखि विवाहितासमेतको सहभागिता रहेको थियो। फेसन शोमा लेहेंगा, गाउन, ड्रेप्ड डे«स, फर्मल वेयरसहित विभिन्न क्याजुअल ड्रेस प्रस्तुत गरिएको थियो।

१०औं वार्षिकोत्सवको केक काटेर थालनी गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको थियो। सो अवसरमा पत्रकार डब्बु क्षत्री, कुवेर गिरी, मोडलिङ क्षेत्रबाट पूर्वमिस नेपाल इन्टरनेसनल शुभेच्छा खड्का, कोरियोग्राफीतर्फ रोजिन शाक्यलाई सम्मान गरिएको थियो। त्यसैगरी मिस वल्र्ड डाइभर्सिटी विजेता युनिता कर्मचार्य, मिस इन्डिया कन्टिनेन्ट उपविजेता नितिका कर्मचार्य र मिस ईकलेज–२०१३ उपविजेता नेहा पोखरेललाई सौन्दर्य सम्मान प्रदान गरियो। प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले सम्मान गरेका थिए। कार्यक्रममा विभिन्न पेसाका व्यक्तिको उल्लेख्य उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्