पार्कमा बच्चाहरुका अगाडी यौन सम्पर्क



लन्डन (एजेन्सी)
बेलायतको न्यु योर्कसर स्थित एक क्रिके मैदानमा एक युगल जोडी बच्चाहरुको अगाडी नै आपत्तिजनक स्थितिमा भेटिएको बताइएको छ । मैदानसँग जोडिएको पार्कमा रहेका बच्चाका मातापिताले उक्त दृष्य देखेपछि सबैभन्दा पहिला प्रहरीलाई सुचना दिएका थिए । तर पटक पटक फोन गर्दा पनि प्रहरी भने आएको थिएन ।

त्यसपछि रुष्ट भएका मातापिता मध्यका एक उक्त जोडीको नजिक गए र युवकलाई थप्पड दिन थाले । यस क्रममा ती ब्यक्तिका पत्नीले यौन क्रियामा लिप्त जोडीको भिडियो बनाइरहेका थिए ।

उक्त जोडी आइतबार अपरान्ह तीर नै उक्त लोकप्रिय राउन्डे पार्कमा यौन क्रिया गरिरहेको द सनले जनाएको छ । भिडियोमा एक महिला ९९९ मा फोन गरिरहेको सुनिएका थिए । उसँग कस्तो आपतकाल हो भन्ने विषयमा सोधिएको थियो । महिलाले जवाफमा भनेकी थिइन– मैले आधा घण्टा पहिला रिपोर्ट गरेको थिएँ कि पार्कमा क्रिकेट खेलिरहेका बच्चाहरुको अगाडी एक जोडी सहबास गरिरहेका छन् । ती जोडी फेरी सहबास गर्न गइरहेका छन्, तर अहिले सम्म प्रहरी आइ पुगेको छैन ।

भिडियोमा एक ब्यक्ती चिच्याइरहेको सुनिन्थ्यो । ‘अब धरै खराब समय आएको छ । ‘ तर एक पिताले रिस ठाम्न नसेपछि ती जोडीको नजिकै पुगेर युवकको गालामा थप्पड हिर्काउन थाले ।
प्रहरीले पनि उनीहरुलाई पहिलो फोन अपरान्ह १ बजेर ५५ मिनेटमा गरिएको स्विकारेका छन् । तर २ बजेर ११ मिनेटसम्म पनि पार्कमा नपुगेपछि ती जोडी भाग्न सफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्