भिडियोमा आमाछोरीको सम्बन्ध



हास्यकलाकार किरण केसी ‘राता मकै’ ले मोडल दीपाशा बीसीका साथ भिडियोमा देखिएका छन्। किरण गायिका बिमाकुमारी दुराको तीज गीत आमा बरिलैमा दीपाशाका साथ देखिएका हुन्।

आमा र छोरीको सम्बन्ध बोल्ने गीतमा गायिका दुराका साथमा गायिका धनकुमारी थापा, गायक नरेश खाती र शान्तिश्री परियारको स्वर रहेको छ। गायक खातीको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन्। भिडियोमा किरण र मोडल दीपाशाका साथमा शर्मिला शर्मा, नरेश खाती र धनकुमारी थापाले अभिनय गरेका छन्।

हास्यकलाकार केसीले तीजलाई लक्षित गर्दै तयार पारिएको गीतमा वेदनाको भाव समावेश गरिएको बताए। उनले पछिल्लो समयमा फिल्ममा लोकलयमा आधारित गीत राख्न थालिएको र त्यसलाई दर्शकले समेत अत्यधिक रुचाएको पाएको बताए। ‘मैले निर्माण गर्ने फिल्म दाल, भात, तरकारीमा पनि लोकलयमै आधारित गीत राख्ने निर्णय गरेको छु। यसको छुट्टै पहिचान छ’ –किरणले भने। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चन्द्र शर्माले तीजमा सार्वजनिक हुने थुप्रै गीतको भीडमा आमा बरिलै भिन्न सावित हुने दाबी गरे। मोडल दीपाशा बीसीले किरण केसीजस्ता अग्रज कलाकारसँग काम गर्न पाउनु गर्वको विषय भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्