फुबटलमा भारतसँग हा¥यो अर्जेन्टिना



नयाँ दिल्ली, (एजेन्सी)
फुटबलमा नेपालको चिरपरिचित प्रतिद्वन्दी भारतले स्पेनमा जारी कोटिफ कप फुटबलमा अर्जेन्टिनालाई हराएको छ ।

प्रतियोगिता अन्तर्गत सोमबार राति भएको खेलमा भारतको युवा टोलीले विश्व फुटबलको शक्ति राष्ट्रमध्येको एक अर्जेन्टिनाको यू–२० टोलीलाई पराजित गरेको हो । भारतीय टिमले ६ पटकको यू–२० विश्वविजेता अर्जेन्टिनालाई २–१ गोलअन्तरले स्तब्ध पारेको हो ।

खेलको चौथो मिनेटमै दिपक टांग्रीले हेडमार्फत गोल गर्दै पहिलो हाफ सम्म भारतलाई १–० ले अघि पारेका थिए । दबाबमा रहेको अर्जेन्टिनाको पहिलो हाफमा गोल फर्काउने सबै प्रयास विफल भएको थियो । खेलको ५४ औं मिनेटमा फरवार्ड जाधवले रातो कार्ड पाएपछि भारतीय टोली १० खेलाडीमा सीमित भएको थियो ।

तर पनि भारतले अर्जेन्टिनालाई दबाबमा नै राख्यो । खेलको ६८ औं मिनेटमा भारतका अनवर अलीले फ्री किकमार्फत् आकर्षक गोल गर्दै गोलसंख्या दुई पु¥याए । तर त्यसको चार मिनेटपछि अर्जेन्टिनाका लागि एलन मारीनेल्लीले एक गोल फर्काएपनि जितका लागि पर्याप्त भएन । यो भारतका लागि ऐतिहासिक जित समेत हो । उक्त प्रतियोगिता अन्तर्गत यसअघिको खेलमा भेनेजÞुएलासँग पनि भारतले गोलरहित बराबरी खेलेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्